घोडाघोडी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा आचार्य - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

घोडाघोडी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा आचार्य



विशाल पाण्डेय / सुखड ,कैलाली ।
घोडाघोडी नगर उद्योग वाणिज्य सङ्घ कैलालीको नयाँ कार्यसमिति शनिवार चयन भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा जियालाल आचार्य विजयी भएका छ्न । आचार्यले ३१३ मत ल्याइ विजयी भएका हुन । आचार्यको प्रतिद्धन्दी शेर बहादुर बोहराले भने १८४ मत प्राप्त गरेका छ्न ।

त्यस्तै उपाध्यक्षमा उद्योग , वाणिज्य र वस्तुगत तर्फबाट तथा महा सचिव, सचिव गरी ६ जना सदस्यहरू जियालाल आचार्यको प्यानलबाट विजयी भएका छन् । उता शेर बहादुर बोहरा प्यानलको तर्फ बाट कोषाध्यक्ष र दुई जना सदस्य विजयी भएका छन्।

घोडाघोडी उद्योग वाणिज्य सङ्घको उपाध्यक्ष उद्योग तर्फ नन्द राम सापकोटाले २७३ ल्याएर विजयी भएका हुन भने प्रतिद्धन्दी शेर बहादुर बोहरा प्यानलका कमल बमले २०४ मत ल्याएका थिए ।उपाध्यक्ष वाणिज्य तर्फ गणेश बहादुर सुनारले ३१० मत ल्याएर विजयका भएका छन् भने प्रतिद्धन्दी गया प्रसाद कठरियाले १६३ मत ल्याएका छ्न । साथै उपाध्यक्ष वस्तुगत तर्फ दुर्गा प्रसाद गौतमले ३२७ मत ल्याएर विजय हुनु भएका हुन भने गौतमको प्रतिद्धन्दी विष्णु कंडेलले १३५ मत ल्याएका थिए ।

त्यस्तै महा सचिवमा धिरेन्द्र कठायतले २८२ मत ल्याएर विजय हुनु भएका छन् । कठायतको प्रतिद्धन्दी विशाल तिवारीले १९१ मत ल्याएका छ्न । सचिव तर्फ बल बहादुर विष्ट ले २५० मत ल्याएर विजयी भएका छ्न भने प्रतिद्धन्दी शेर बहादुर बोहरा प्यानलका पुष्कर सिंह भाटले २१८ मत प्राप्त गरेका छ्न । साथै कोषाध्यक्षमा शेर बहादुर बोहरा प्यानलकी अमृता बम (कंडेल) ले २५६ मत ल्याएर विजयी भएकी छिन भने प्रतिद्धन्दी पद्मा देवकोटाले २१२ मत प्राप्त गरेकी छिन ।

त्यस्तै सदस्य पद तर्फ जियालाल आचार्यको प्यानल बाट भरत बहादुर शाही ३१७ मत , पञ्चराम चौधरी २७७ मत ,भवानी ढकाल ३०५, मत , लक्ष्मी चौधरी २४२ मत ,पुष्पा शाही २६९ मत र यज्ञ राज तिवारीले २७८ मत प्राप्त गरी विजयी भएका हुन । त्यसै गरी शेर बहादुर बोहरा प्यानलको तर्फबाट सदस्यमा होम तामाङ २४५ मत र ईन्द्रा कुमारी बुढाले २२८ मत ल्याएर विजयी भएका हुन ।

घोडाघोडी उद्योग वाणिज्य सङ्घमा ५५३ जना मतदाता भए पनि ५०४ जनाको मात्र मत खसेको निर्वाचन संयोजक शिव प्रसाद ढकालले जानकारी दिए ।घोडाघोडी बहुमुखी क्याम्पसमा शनिवार बिहान ८ बजे देखी दिउँसो २ बजे सम्म मतदाताले मतदान गरेका थिए ।