अब नेकपाको पुरै जिम्मा प्रचण्डलाई
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ६ गते भोलि (शनिबार) न्युयोर्कतर्फ प्रस्थान गर्ने भएकोले ओलीले नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा लगाएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले पार्टीको जिम्मा अध्यक्ष प्रचण्डलाई, सरकारको कार्यवाहक प्रधानमन्त्री उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई, संसदीय दलको नेता सुवासचन्द्र नेम्बाङलाई जिम्मा दिएको छ ।
प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि भ्रमणमा जानेछिन् । असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने’ रहेको परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।