जिम छोडेर योग गर्दै क्रिस गेलको विश्वकपको तयारी - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

जिम छोडेर योग गर्दै क्रिस गेलको विश्वकपको तयारी



आइपिएल सकेर विश्वकप तयारीमा फर्केका  वेस्टइन्डिजका विस्फोटक व्याट्सम्यान क्रिस गेलले योगबाट तयारी थालेका छन् । गेलले आफूलाई फर्ममा ल्याउनका लागि अरुले जिम छोडेर योग गर्दै छन् ।

पाँचौं पटक विश्वकप क्रिकेट खेल्ने तयारीमा रहेका क्रिस गेल  २ महिनादेखि जिममा गएका छैनन् । भारतमा हुँदा पनि जिममा गएका थिएनन् ।  ३९ वर्षीय गेल आफूलाई फिट राख्न योगका साथै मसाज गरेको सञ्चारमाध्यमहरुले जनाएका छन् । गेलले भने थकान मेटाउँनका लागि यस्तो गरेको बताए ।

विश्वकप अघि आईपीएलमा सानदार प्रदर्शन गरेकाले ब्याटिङबाट खुशी भएको बताउँदै आउँदो प्रतियोगितामा पनि उत्कृष्ट लय समात्न सकिने विश्वास व्यक्त गरे । उनले विश्वकपका लागि आफूलाई शारिरीक भन्दा पनि मानसिक फिट राख्न लागि परेको बताएका छन् ।