८० हजार घुससहित रुपन्देहीका जिल्ला न्यायाधीश कोषहरि निरौला अख्तियारद्वारा पक्राउ - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

८० हजार घुससहित रुपन्देहीका जिल्ला न्यायाधीश कोषहरि निरौला अख्तियारद्वारा पक्राउ



रूपन्देही : जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका जिल्ला न्यायधिवक्ता कोषहरि निरौलालाई ८० हजार घुससहित अख्तियारको टोलीले पक्राउ गरेको छ ।

सेवाग्राहीसँग ठगीको मुद्दा मिलाइदिन्छु भन्दै ८० हजार लिँदै गरेका उनलाई कार्यालयभित्रै टोलीले पक्राउ गरी नियन्त्रणमा लिएको हो ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले निरौलालाई कार्यालय खुल्नासाथ घुससहित रंगेहात पक्राउ गरेको हो ।

निरौलालाई हिरासतमा राखेर थप अनुसन्धान गरिने अख्तियार प्रवक्ता तथा सहसचिव रामेश्वर दंगालले बताए ।