जिल्लामा इतिहास रच्न आतुर छौ :नेता अर्याल - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

जिल्लामा इतिहास रच्न आतुर छौ :नेता अर्याल



कपिलवस्तु:आउँदो फाल्गुनमा स्ववियु निर्वाचनको तयारी गर्न त्रिभुवन विश्वविद्यालय ले आंगिक तथा सामुदायिक र सम्बन्धन प्राप्त क्याम्पसहरूलाई निर्देशन गरे सँगै जिल्लामा विद्यार्थी नेताहरूको सक्रियता बढेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आइतबार उपत्यका भित्र र बाहिरका सबै आंगिक तथा सामुदायिक र सम्बन्धन प्राप्त क्याम्पसहरूलाई परिपत्र गर्दै सो निर्देशन दिएको हो।

स्ववियु निर्वाचनको पूर्व तयारी गर्ने सम्बन्धी परीपत्रमा त्रिभुवन विश्वविद्यालय का क्याम्पसहरूमा २०७३ फाल्गुन १८ गते भएको स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरूको २ बर्से कार्यकाल समाप्त हुने भएको हुँदा २०७५ फाल्गुन महिनामा हुने स्ववियु निर्वाचनको पूर्व तयारी गराउनु हुनु भनी उल्लेख गरिएको छ।

त्रिभुवन विश्वविद्यालयका आंगिक, सामुदायिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा प्रत्येक २र२ वर्षमा स्ववियु निर्वाचन गर्ने व्यवस्था रहेको छ।यसैबिच त्रिविले आफ्ना मातहतका क्यम्पसहरुमा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन गरे सँगै अनेरास्ववियु कपिलवस्तुका अध्यक्ष बाबुराम अर्यालले कपिलवस्तुका सबै क्याम्पसहरुमा पूर्ण प्यानल सहित जित हासिल गरेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को लोकप्रियता पुष्टि गर्ने दाबी गरेका छन्।

पहिला पनि जिल्लामा सर्वोत्कृष्ट सङ्गठन अनेरास्ववियु रहेको रहेको र हाल आएर पार्टी एकता सँगै दुई ठुला सङ्गठन अनेरास्ववियु र अनेरास्ववियू ९क्रान्तिकारी० वैधानिक रूपमा बाहिर २ नाम आएपनी जिल्ला भित्र एकमन एकताका साथ एउटै भैसकेको छ। विद्यार्थी आन्दोलन र हकहितमा अनवरत लागिरहेको हाम्रो सङ्गठन सधैँ विद्यार्थीका माझमा छ अरू जस्तो मौसमी सङ्गठन होइन त्यस कारण जिल्लाका सबै क्याम्पस जितिने त्यसमाथि पार्टी नेतृत्वको सरकारले गरेका लोकप्रिय कामले अत्यधिक बहुमत सहित सबै क्याम्पसमा प्यानल नै जित्नेमा ढुक्क छु उनले भने ।

यस सँगै जिल्लाका सबै क्याम्पस र मावि हरूमा सङ्गठन बलियो रहेको र विद्यार्थी हकहितमा सधैँ लागिरहेकोले हाम्रो सङ्गठन सम्पूर्ण विद्यार्थीहरूको साझा सङ्गठन रहेको अर्यालको जिकिर छ। विगतका दिनहरूमा जस्तो क्याम्पसहरूमा आफ्नो उपस्थिति नभएपछी अनेक बहानामा स्ववियु निर्वाचन हुन नदिएर स्ववियुको मर्यादा माथि धावा नबोल्न अन्य सम्बन्धित सङ्गठन हरूलाई अपिल गरेका छन्। आफूहरू सधैँ विद्यार्थी हरूको पक्षमा रहेको र त्रिविको यो निर्णय स्वागत योग्य रहेको भन्दै उनले भने सम्पूर्ण क्याम्पसहरूमा हाम्रा सङ्गठनका साथीहरू स्ववियु निर्वाचनका लागि आतुर हुनुहुन्छ। हामी इतिहास रच्न आतुर छौँ ।