जिल्लामा तेह्र राजनीतिक दल दर्ता - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

जिल्लामा तेह्र राजनीतिक दल दर्ता



रुकुम, माघ २३

स्थानीय निर्वाचनका लागि सहभागी हुन र तयारी गर्नका लागि जिल्लामा  १३ राजनीतिक दलले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो विवरण पेस गरेका छन् ।

निर्वाचन आयोगले सबै राजनीतिक दलको विवरण पेस गर्न दिएको निर्देशनानुसार १३ राजनीतिक दलले पार्टीको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत कमलमणि देवकोटाले शनिबार सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

विवरण बुझाएर दर्ता हुने दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, राष्ट्रिय जनमोर्चा, सङ्घीय समाजवादी फोरम नेपाल, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति पार्टी, नेपाल दलित पार्टी, नेकपा (माले), नेपाल परिवार दल र नेकपा (माले समाजवादी) छन् । रासस