झिनो मतले पराजित भएपछि…
काठमाडौँ- नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा मनोजमणि आचार्य ५३ मतले पराजित भएका छन् । ३५ जना निर्वाचित हुनेमा उनले ३६ औँ मत प्राप्त गरे ।
उनलाई कृष्णकिशोर घिमिरेले जितेका छन् । घिमिरेले १७०७ मत प्राप्त गरेका छन् भने आचार्यले १६५४ मत पाएका छन् ।
त्यस्तै, प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की पनि पराजित भएका छन् । उनले १६४४ मत पाए ।
वीरेन्द्रप्रसाद कनौडिया (१५१९), मंगलप्रसाद थारु (१५१७), लोकेश ढकाल (१४९५), तीर्थराज खनियाँ (१४८२) र यज्ञबहादुर थापा (१४६०) पराजित भएका छन् ।
खुला केन्द्रीय सदस्य ३५ जना निर्वाचित हुनेमा ९९ जनाको उम्मेदवारी परेको थियो ।