झिंगाको सरापले डिंगा मर्दैन - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

झिंगाको सरापले डिंगा मर्दैन



-के.बि थापा 

फेसबुकमा ऐउटा फोटो पोस्ट पोस्ट हुन्छ ‘श्रीमान्,श्रीमती,छोरा र छोरी’ गरेर चार जना को अनि माथि फोटो सँगै लेखिएको हुन्छ हाम्रो सुखी र सुन्दर परिवार ।

छोराले बुबाको हातबाट मोबाइल लिएर हेर्दै प्रश्न सोध्दछ ‘ बुबा यो फोटो मा हजुरबुबा र हजुर आमा खोइ ?’
बाउ चाहिँ ले जवाब दिन्छ ‘ छोरा यो हाम्रो परिवार हो यसमा हजुरबुबा,हजुर आमा कसरी हुने त यो फोटोमा ।’
छोरा ले पुनः प्रश्न तेर्स्याउछ -‘ यसको अर्थ जब म बिहे पश्चात् सन्तानको बाउ बन्छु तब तपाईँहरू पनि मेरो परिवारका सदस्य रहनु हुन्न ?’

बाबु निशब्द बन्न पुगे , छोरा ले पुन बोल्यो ‘ बुबा त्यसो भए त म कहिल्यै बिहे गर्दिन मलाइ मेरो परिवार मा त आमा- बाउ हुनुपर्छ अरू होस नहोस् पछि को कुरा हो !’ बाउ चाहिँलाई आफ्नो गल्तीको पश्चाताप भइरहेको थियो ।

कोश । गांधी, माओ, मन्डेलालाई आदर्श मान्दै रास्ट्रनिर्माता र राष्ट्रिय एकता को प्रतीक सम्माननिय राजसंस्थालाई विभिन्न लान्छन् र सणयन्त्र पूर्वक हटाउदैं आफैलाई सच्चा रास्ट्रवादी भनाउदां हाम्रा देशका नेता तथा शासक हरुलाइ पनि त्यस्तै पस्चाताप हुन्थ्यो ।

बाइसे र चौबिसे राज्यलाइ एकीकरण गर्दै वर्तमान नेपालको आकार मा ल्याउने तिनै महान् रास्ट्रपिता का सालिक तोड्ने हरू को सदबुद्दि फोर्थ्यो । जसले यो देश को निर्माण गरे तिनै आज उपेक्षित भएका छन् । उन्लाइ बिर्सिएर देश र जनता लाई सङ्कटको सँघारमा पुर्‍याउनु नै शाशक हरको लागि देशभक्ति बनेको छ ।
हुन पनि हो ” माटो को भाडा , परिवार र देशको महत्त्व बनाउने लाई मात्र थाहा हुन्छ बिगार्ने र तोडने लाई कदापि हुनै सक्दैन ” भन्ने भनाइ लाई प्रमाणित गरेका छन् आजका नक्कली देशभक्तहरूले ।

सिमानाका जंगे पिलर मार्क्स, लेनिन,माओ र गांधी या मन्डेला ले गाडिदिएको जस्तै राष्ट्रिय एकता दिवस लाई उपेक्षा एवं आधारहीन गलत दुस्प्रचार गर्दै आयातित विभिन्न प्रेम दिवस मनाउने हरुलाइ देख्दा सिमाना मा जंगेपिलर गाड्दा आफ्नो प्राणको आहुति दिएका र रगत बगाएका हाम्रा पुर्खा हरको आत्माले कति धिक्कार्दै छ होला ।

अर्को तर्फ वैदेशिक इसारा मा नाच्न रुचाउने , जातियता कै आडमा केही सीमित व्यक्ति को स्वार्थसिद्दी का बाहक आफैलाई नेपालको आदिवासी भनाउदां तथाकथित केही मङ्गोल ( इसाई दलाल हरू मात्र) हरू पनि ती विदेशी द्वारा बितरित बाइबल र भ्रमित कुरा होइन देशको वास्तविक इतिहास र आफ्नो मूल सिद्धान्त र संस्कृति को बारे केही अध्यन गर्दथे । तर विडम्बना पैसा को लोभ र लालच अनि देशको इतिहास लाई आधारहिन र गलत व्याख्या गर्दै आफ्नो रोटी सक्ने ती डलरेहरु द्वारा रटाइएको सुगा रटाइले उनीहरूको बुद्धि,विवेकमा खिया लागि सकेको छ भने विभिन्न प्रलोभन ले आफ्नो पौराणिक धर्म संस्कृति का केही विकृति एवं बिसंगती ( जुन समय सापेक्ष परिवर्तित हुँदै गई रहेका छन् ) लाई हेर्ने नजरिया मा बदलाव ल्याउन नदिएको तितो यथार्त रहेको छ ।

विदेशी द्वारा सञ्चालित (आफैलाई मङ्गोल भन्न रुचाउने हरू ) किर्तिपुर विजय पश्चात् त्यहाँका जनताको १७ धार्नी नाक काटेको भनेर गलत र आधारहीन भ्रम फैलाएको देख्दा सार्है अचम्मित लाग्छ । सत्ता बाट अनबिज्ञ ती नव धर्मान्तरित इसाई हरू जसले आफ्नो मूल सिद्धान्त र धर्मग्रन्थ कहिल्यै अध्ययन गरेनन् ।आज तिनै ठुला वैज्ञानिक र दार्शनिक बनेको देख्दा सार्है दया लागेर आउँछ । जब कि यथार्थ निक्कै फरक रहेको कुरा ती भ्रम फैलाउने हरुलाइ पनि राम्ररी नै थाहा छ ।

किर्तिपुर विजय पश्चात् श्री ५ पृथ्वीनारायण शाहले नेपालमा हिन्दु धर्म र सनातन संस्कृति र नेपालको अखण्डता माथि आक्रमण गर्न पसेका केही विदेशीलाई बेइज्जत गरेर देश निकाला गर्नु र र नेपाल लाई पनि अन्य एसियाली देश जस्तै आफ्नो उपनिबेस बनाउने बाटो पृथ्वीनारायण शाह द्वारा रोकिनु ले उनीहरू लाई ठुलो आघात पुग्यो तब उनीहरू बेलायत पुगेर सणयन्त्र पूर्वक नेपालको सम्मानित राजसंस्थाको बेइज्जत गर्नकै लागि १७ धार्नी नाक काटेको भनेर आधारहिन बकवास गरेको कुरा कसै बाट लुकेको छैन र अर्को कुरा तत्कालीन किर्तिपुर राज्यमा जनसङ्ख्या कै हिसाबले पनि १७ धार्नी को कुरै छाडौँ सत्र किलो नि होइन सत्र पाउ पनि नाक हुने जनसङ्ख्या थिएन ।

विजय पश्चात् बरु स्वयम् पृथ्वीनारायण शाहले जनता आतंकित नहोउन भन्ने ध्येय ले अघि आएर सम्बोधन गर्दै नडराइ आफ्नो जात्रा सम्पन्न गर्न र कुनै बाधा अवरोध भए तत्कालीन गोर्खाली सेना सुरक्षा दिन र रक्षा गर्न तत्पर रहेको कुरा जनतालाई सुनाएका थिए । त अर्को तर्फ आफ्नो कुल देवी मान्ने मनकामना मन्दिर मा मगर लाई नै पुजारी राखेको तथ्य कसै बाट लुकेको छैन ।

आफ्नो मूल सिद्धान्त र इतिहास बाट अनबिज्ञ तर अर्काको नक्कल गर्न निकै माहिर देशका शासक हरू विभिन्न गुट-उपगुट गर्दै फुटको सँघारमा पुर्‍याएर आफ्नो व्यक्तिगत लोभ-लालच र स्वार्थ कै कारण राष्ट्रलाई अस्थिर र विचलित पार्दै पुन सङ्घीयता को ढोका हुँदै बाइस र चौबिसे राज्य भन्दा पनि अझै छिन्न भिन्न बनाउँदै त्यो समय पूरा हुन नसकेको अङ्ग्रेजको सपना पूरा गर्ने अभियानमा लागिपरेका छन् ।
” झिँगा को सरापले डिंगा मर्दैन” भनेझैं उनीहरू द्वारा जति आधारहिन र गलत दुस्प्रचार गरिए पनि इतिहास कहिल्यै मेटिदैंन , इतिहास बरु थपिन्छ तर दुर्भाग्य हाम्रो देशमा इतिहास मेटाउने खेल भइरहेको देख्दा अचम्म लाग्छ ।
‘ एक पटक एक देशमा देशभक्ति नाप्ने यन्त्र लगाइयो । जो जसले आफैलाई देशभक्त ठान्दथे ती सबैलाइ लग्दै त्यो यन्त्र मा बसालिन्थ्यो र देशभक्ति भावको आधारमा त्यो यन्त्रको सुइ अघि पछि सर्ने गर्दथ्यो । अन्त्यमा त्यहाँ एक चर्चित देशभक्त लाई ल्याइयो जसै उन्लाइ त्यो यन्त्रमा बसालियो सुइ हल्लिदै हल्लेन सबै अचम्म मान्दै थिए उस्को देशभक्ती र यन्त्रको अवस्था देखेर यत्तिकै मा यन्त्र बाट पर्ची निस्कन्छ त्यो पर्ची हेर्दा ” यो मान्छे ले एक सर्तमा म( यो यन्त्र) लाई यहाँ लगाएको थियो कि यसको बारे म कहिल्यै केही नबोलौं ।”

आज हाम्रो देशका रास्ट्रभक्त र रास्ट्र चिन्तक भनाउदां हरुको पनि अवस्था यस्तै छ ! एकातिर रास्ट्र निर्माताको शालिक भत्काइन्छ , देवि देवता हरुको बास एवं बिस्वकै एतिहासिक धार्मिक एवं सारा जगत लाई सभ्यता र संस्कृति सिकाउने संस्कृति लाई बिस्तारै नाशिदैं लग्ने हरू नै सक्कली रास्ट्रवादी कहलाइएको देखिन्छ ।

बृटिस उपनिवेश हुनबाट जोगाउदैं बिस्वमै कहिल्यै कसैको उपनिवेश नभएको देशका जनता आज बिस्तारै आफै अर्काकै दास बनिरहेको देख्दा पुर्खाहरुको आत्मा कति बिछिप्त भइरहेको होला ? त्यो कस्ले सोच्ने ?
वर्तमान नेपालको स्वरुप दिने रास्ट्रपिता र राष्ट्रिय एकताको प्रतीक राजसंस्था लाई उपेक्षित पार्दै देशलाइ बिभाजन को संघार मा पुर्‍याउनु कत्तिको रास्ट्रभक्ती हो समय र जनताले मुल्यांकन पक्कै गर्नेछन ।

दिल्लीमा पानी पर्दा काठमाडौंमा छाता ओढने , बेइजिंग मा घाम लाग्दा काठमाडौ मा घाम ताप्ने र काठमाडौं मा जाडो ले कठांग्रीदा युरोप , अमेरिका मा जर्सी लगाइने वर्तमान अवस्था को सिर्जना गर्ने तथाकथित आफै लाई मात्र सक्कली रास्ट्रवादी ठान्ने हरू नै हुन जसले इतिहास संग खेलवाड गर्दै धुमिल पार्ने सणयन्त्र गर्दै झुटको खेती गरिरहेका छन् भने

अर्को तर्फ जसो तसो एसपटक ‘ पृथ्वी जयन्ती मा सरकारी छुट्टी ‘ भन्ने धेरै समाचार पत्र मा पढियो र उक्त निर्णय केही स्र्हानिय भे पनि उक्त निर्णय लाई प्राय सबै जसो आफैलाइ हिन्दुवादी र राजसंस्थाको नजिक बताउने संघ संस्थाले स्वागत गरेको देख्दा मन अचम्मित पर्यो । जुन देशको आफ्नै धर्म संस्कृति र परम्परा छ त्यस्लाइ लोप पार्दै ९३ प्रतिसत जनताको जनभावना लाई कसिंगर संम्झदै देशलाइ विदेशी को हातमा सुम्पने अभियान मा लागेका हरू द्वारा दिइएको यो बिदा ” फिनि हराएको थाहा छैन गंहु का गेडा गन्नु ” भन्ने नेपाली उखान लाई पुष्टि गर्नु बाहेक केहि फरक देख्दिन म । भर्खरै सम्पन्न संसदिय निर्वाचन बाट जनता को अभिमत लिएका रास्ट्रवादको खोल ओढेका केही ढोंगी हरू देशलाइ चिरा चिरा पारेर विदेशी को हातमा सुम्पन आतुर देखिन्छन त केही जुनसुकै मूल्य चुकाएर , विदेशी कै सहयोग मा भए पनि आफू सरकार मा जाने तयारी मा जुटेका देख्दा देख्दै पुर्व राजा को मध्य र सुदुरपश्चिम भ्रमण को क्रम मा देखिएको जन उत्साह र जन लहर ले पनि देशवासीले नक्कली , ढोंगी र असली रास्ट्रवादी चिनेका रहेछन भन्ने आभास गराएको छ ।

अब आवश्यकता छ त केवल देशका असली रास्ट्रवादी र जनता बिचको एक आपसी तालमेल !
आफैलाइ राजसंस्था र सनातन हिन्दु धर्मका सच्चा पहरेदार भनाउने हरुले छरेको झुटको खेती र भ्रम कै कारण आज यो अवस्था सिर्जना भएको रहेछ भन्ने कुरा राजसंस्था र त्यसका अगुवा हरू ले बुझ्नु जरुरी देखिन्छ । केही ब्यक्ति र संस्था कै हठ को कारण देशले यो दुर्गति भोग्नु परेको कुरा सबैलाइ थाहा हुँदा हुँदै पनि सबैले आ-आफ्नो तरिका ले फाइदा उठाउन खोज्नु , आफ्नो मात्र नेतृत्वमा हुनु पर्ने , जस्ता स्वार्थ कै कारण आज संस्कृति , रास्ट्र र रास्ट्रीयता यति कमजोर बन्दै गई रहेको वर्तमान परिवेश मा अब जनभावना बुझ्दै दरवार को सेरोफेरो मा झुटको कुहिरो लगाउदैं आफ्नो स्वार्थ सिद्दी गर्न पल्केका हरुको सहि पहिचान गर्दै समय सापेक्ष उचित कदम दरवार कै नेतृत्व मै उठाइनु पर्ने आवश्यकता महसुस भएको देखिन्छ ।

तेह्रथुमबाट खाली खुट्टा तराइ झरेर अर्काको घरमा हली बस्ने व्यक्ति आज पखाला लाग्दा जीवनजल पिउन थाइल्याण्ड उडने,हिजो भैंसी चराउदैं आफ्नो जिविका चलाउने आज नेपाल मै सम्भव हुने उपचार को लागि जापान देखि अमेरिका सम्म पुग्ने, मुत्रनलि को उपचार मा करोडौं राज्यकोस झ्वाम पार्ने, सिटामोल नपाएर जनता मरिरहेको देशमा अन्डकोस सुन्निदा राज्यकोष कै लाखौं उडाउने, तथाकथित जनयुद्द लड्दा गोलि लाग्दा ट्याब्लेट नपाएका हरू पनि क्रान्तीकारी उपचार गराउन राष्ट्रिय ढुकुटीबाट थाइल्यान्ड नै जानू पर्ने ,
यता बर्सौं पहिले शिलान्यास भएका एतिहासिक र सांस्कृतिक महत्वका धरोहरहरु निर्माणका लागि रकम उपलब्ध नभएको देख्दा यो देशमा ‘ चोर लाई चौतारी मिल्छ र साधु लाई शुली चढाइन्छ ‘ भन्ने भनाइ पुष्टि नै भए जस्तो लाग्छ ।

आफ्नै पुर्खाकै नेतृत्वमा बनाइएको देशको अखन्डता र सार्वभौमसत्ताको रक्षा गरिरहेको सम्मानित राजसंस्था र त्यसको नेतृत्व गरिरहेका राजालाई विभिन्न लान्छन एवं सणयन्त्र पूर्वक धोकाले फाल्दै ८८४ राजा बनाउनेलाई यदि कसैले रास्ट्रवादी देख्छ भने त्यसको आंखामै किरा परोस।

आखिर जसले जे भने पनि नेपाल र नेपाली को आर्थिक, भौगोलिक, सामाजिक र सांस्कृतिक महत्वलाइ जगेर्ना गर्दै उत्थान गर्ने वाद भनेकै राष्ट्रिय एकता को प्रतिक राजसंस्था हो भन्ने कुरा मा कसैको बिमती छैन । राजनिती र रास्ट्रभक्ति धेरै फरक कुरा हुन । जसले जुन पार्टी र दलप्रती आफ्नो सहानुभूति राखे पनि रास्ट्र र रास्ट्रीयता लाई सर्वप्रथम राख्नु एक सचेत नागरिकको कर्तव्य एवं दायित्व हो ! दलहरुकै सुगा रटान को भासा मै जे गरे पनि ताली बजाउने , आफ्नो दलका नेताले रास्ट्र र रास्ट्रीयता बिपरित निर्णय गर्दा पनि तालि बजाउदैं समर्थन दिने , आफ्ना व्यक्तिगत लोभ, लालच र स्वार्थलाइ त्याग्दै “रास्ट्र र रास्ट्रीयता सर्बोपरी “भन्ने भावना हरेक नेपाली जन जन को मन मस्तिष्क मा जहिले सम्म आउदैन तब सम्म एकदिन बिदा दिदैं मा , एकता दिवसका केही औपचारिक / अनौपचारिक कार्यक्रम गर्दै मा , सामाजिक संजाल मा आक्रोश पोख्दैमा , केही हुने वाला छैन ।

अहिले प्रादेशिक राजधानी को लागि आन्दोलन, प्रदेशको सिमांकन को बिसयमा आन्दोलन,प्रदेशको नामकरण को लागि आन्दोलन बाट नै संघियता , धर्म निरपेक्षता, गणतन्त्र नेपाल र नेपाली ले चाहेर र आवश्यक भएर नभइ बिदेशि हरुकै इसारामा सीमित मान्छेको स्वार्थ का कारण जवर्जस्ती लादिएको संघियता, गणतन्त्र , र धर्म निरपेक्षता ले देश लाई कदापि हित गर्दैन भन्ने कुरा सबैको आँखा अगाडि अहिले देखि नै छर्लङ्ग हुँदै गई रहेको छ ।

अर्को तर्फ स्वच्छ न्यायप्रणाली र बिधिको शाशनको माग तथा भ्रष्टाचार र शैक्षिक र स्वास्थ्य क्षेत्रमा पारदर्शिता एवं निस्पक्षता को माग गर्दै धर्ना दिइ रहेका डा. गोबिन्द के.सि. को गिरफ्तारी हुनु पनि अत्यन्तै दुर्भाग्यपूर्ण हो ! जुन देशमा रास्ट्रनिर्माता एवं रास्ट्रपिता ले नै न्याय पाएका छैनन त्यो देशमा सर्व साधारण जनता ले न्यायको खोजी गर्नु मुर्खता बाहेक अरू केही हुदैन भन्ने मेरो ठम्याइ हो । डां के सिको गिरफ्तारी प्रती घोर आपत्ति प्रकट गर्दै केही लाइन लेख्न चाहें ।

कानुन ब्यबस्था मरि सकेको छ यस्लाइ खोज्दै नखोज !
न्याय प्रणाली बिकि सकेको छ निस्पक्ष सोंच्दै नसोंच !
जस्को हातमा शक्ति र पैसा को बिटो छ,
अरू लाई जे होस,यहाँ सबैथोक उनैलाइ मीठो छ !

जब यो देशमा कानुन ब्यबस्था थियो, म निदाएको पशु थियं ब्युझेर मान्छे बन्दा सम्म कानुन र न्याय बिकि सकेको रहेछ !
जस्को मुटुमा मृत्युको चिसो संगैं प्रत्यक धड्कन जिन्दगीकै अन्तिम पल जस्तै भयानक कानुन कसैले नखोज
न्याय हराएको देशमा निस्पक्ष होला सोंच्दै नसोच !

जुन देशमा
मनांगेलाई माननीय चुन्छ ,बालकृष्ण ढुंगेल निर्धक्क हुन्छ।
देश लुटि खरबौं कुम्लाएको चुरामणी शर्मा खुलेआम घुम्छ ,
रेशम चौधरी संग भेटघाट पछि क्षतिपूर्तिको ब्यबस्था हुन्छ ,
अनि मुकुन्द घिमिरे जस्ता फेसबुक/टुइटरमा बिद्वान हुन्छ ।

फेरि यो देशमा कसैले सुसासन र निस्पक्ष न्याय खोज्छ भने
“कि त त्यो डा. के सि जस्तै कानुनका रखवाला बाट उठाइनेछ ,
कि त बिश्वनाथ गौतम झै झुटा मुद्दामा फसाइनेछ ,
कि त रत्न बानिया र हामी जस्तै युवा लाई गरि खाने बातावरण नदिइ पासपोर्ट मा छाप लगाइनेछ !
त्यतिले पनि नपुगे पुनः निदाएको पशु, सपनाएको पशु,बौलाएको पशु, बनाउदैं फेरि चिर निद्रामा पारिनेछ !”

*त्यसैले यो देशमा न्याय कसैले खोज्दै नखोज ,
सुशासन र समान न्याय प्रणाली होला सपनामा पनि सोंच्दै नसोचं ।

तसर्थ कुकुरले गु खायो भनेर कराउनु भन्दा पनि जथावाभी दिशा गर्दै हिड्ने बानी हामी आफैले सुधार्दै सक्कली र नक्कली रास्ट्रवादी को पहिचान गरेर रास्ट्र निर्माता एवं रास्ट्र पिता श्री ५ पृथ्वीनारायण शाह द्वारा देखाइएको मार्गमा हिड्दै रास्ट्र र रास्ट्रीयता को पक्षमा एकजुट हुँदै अघि बढनु नै साचों अर्थमा राष्ट्रिय एकता दिवस मनाउनु को अर्थ हुनेछ नत्र कार्यक्रम र दिवस त जहिले गर्दा पनि हुन्छ ।

राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्तीको अवसर मा सम्पुर्ण देश तथा बिदेशमा रहने नेपाली मनहरुमा रास्ट्र र रास्ट्रीयताले जरा गाडोस यहि कामना ।
जय देश जय धर्म ।।

उक्त लेखलाई हुबहु राखिएको छ -सम्पादक