गुलियोमा झिँगा भुलेझैं भ्रष्टाचारमा सरकार भुल्यो : बाबुराम भट्टराई - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

गुलियोमा झिँगा भुलेझैं भ्रष्टाचारमा सरकार भुल्यो : बाबुराम भट्टराई



तेह्रथुम । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भ्रष्टाचार गरेर देश लुट्ने हो भने राजनीति नगर्न सुझाव दिएका छन् ।

संयोजक भट्टराईले नेतृत्वले राजनीतिलाई व्यावसायिक पेसाका रूपमा लिएर विकृतिको विकास गरेको आरोप लगाउँदै, राजनीतिलाई जनताको सेवा गर्ने थलोका रूपमा संस्थागत गर्नुपर्ने बताए । ‘राजनीतिलाई व्यावसायिक पेसा बनाएकाले मुलुकमा भ्रष्टाचार बढेको छ,’ उनले भने, ‘गुलियोमा झिँगा भुलेझैं राजनीतिक नेतृत्वले भ्रष्टाचारमा भुलेर नागरिकलाई ढाँटिरहेका छन्’ । नोकरसाही कर्मचारीतन्त्र र भ्रष्टाचारीले देशलाई अघि बढ्न नदिएको कुरा नागरिकले आँखा खोलेर बुझ्नुपर्ने उनले सुझाए ।

संयोजक भट्टराईले राजनीति गरेर लुट र भ्रष्टाचार गर्ने हो भने राजनीतिमा नलाग्न आग्रह गर्दै भने, ‘सक्छांै राजनीतिमा लागेर जनताको सेवा गरौं, सक्दैनौं राजनीति नगरौं’ ‘देशको सेवा गर्छु भनेर जनतालाई धोका नदिऔं ।’