सम्झनाले दिईन दिपकलाई खुट्टा भाच्ने चेतावनी (भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सम्झनाले दिईन दिपकलाई खुट्टा भाच्ने चेतावनी (भिडियो सहित)



बुटवल :लोक दोहोरी गायक एवम् लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीका अध्यक्ष दिपक गरौंजा मगरलाई  गायिका सम्झना लामिछाने मगरले खुट्टा भाच्ने चेतावनी दिएकी छन्  ।

यो यथार्थमा नभएर गीतमा भनेकी हुन् । दुवै गायक गायिकाको सुमधुर स्वरमा रहेको  रोइला गीत ‘झटारो’ मार्फत यसो भनिएको छ ।

उक्त रोइला गीतको शब्द सङ्कलन किरण चापागाईँ (नौलो किरण )ले गरेका छन् भने लय दीपक गरौजा मगरले गरेका छन् ।

सो  गीतका सङ्गीत संयोजन बि.बि अनुरागी रहेका छन् भने उक्त गीतको रेकर्डिङ प्रिज्म स्टुडियोले गरेको छ ।म्युजिक भिडियोको छायाङ्कन सुरेश श्रेष्ठ,निर्देशन प्रकाश भट्ट ,सम्पादक विष्णु शर्मा र भिडियोको दृश्य निर्माण साइ भिजन प्रा.लि.ले गरेको छ ।

गीतलाई सम्झना डिजिटलको युट्युबबाट सार्वजनिक गरिएको छ ।