झारफुक गर्ने बाहानामा पाँच महिनादेखि बालिका बलात्कार - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

झारफुक गर्ने बाहानामा पाँच महिनादेखि बालिका बलात्कार



बाँके । झारफुक गर्ने ज्योतिषको भेषमा एक व्यक्तिले पाँच महिनादेखि बालिकालाई बलात्कार गदै आएको खुलेको छ ।

झारफुक गर्ने बहानामा नेपालगन्ज उपमहानगर–गणेशपुर बस्ने ४७ वर्षीय ‘साईबाबा भनेर चिनिने व्यक्तिले बालिकालार्इ यौनजन्य क्रियाकलाप गरेको बिहीबार प्रहरीमा जाहेर अाएकाे थियाे । आजको राजधानी दैनिकमा खबर छ ।

बैशाखदेखि आफु बलात्कार हुदैे आएको बालिकाले बताएकी छन् । पटक–पटक बलात्कारका कारण बालिकाले गर्भधारन गरेपछि झारफुक गर्ने बाबाले गर्बपतनको औषधी खुवाएको र योनीबाट रक्तचाप नरोकिन्दा ती बालिकाले घटना बारे आफ्नी आमालाइ बाताएकी थिन् ।

‘पीडकको जाहेरी आउन साथ साईबाबा भन्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक बयानमा केहिमहिनादेखि झारफुक गर्ने बहानामा अभियुक्तले यौनजन्य क्रियाकलाप गर्दै आएको खुलेको छ ।