झापाको काँकडभिट्टामा भीषण आगलागी, नियन्त्रणको प्रयास - Himal Post Himal Post
  • १३ माघ २०८२, सोमबार
  •      Mon Jan 26 2026
Logo

झापाको काँकडभिट्टामा भीषण आगलागी, नियन्त्रणको प्रयास



झापा: झापाको काँकडभिट्टामा भीषण आगलागी भएको छ। मेचीनगर ६ स्थित साठीविग्हा क्षेत्रमा आगलागी भएको प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार बधशाला (मासु काट्ने) क्षेत्रबाट फैलिएको आगो नियन्त्रणमा बाहिर गएपछि आगलागी सुरु भएको हो।

दुईवटा घरसहित विभिन्न फुसले बनेका छाप्रोहरूमा आगलागी भएको उनले बताए। आगलागीको कारण खुल्न नसके पनि विद्युत चुहावट वा ग्यास सिलिण्डर लिक भएर आगलागी भएको हुन सक्ने उनको भनाई । बिहीबार बेलुका ८ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन।

आगलागी नियन्त्रणका लागि मेचीनगर, बिर्तामोड र भद्रपुरबाट दमक पुगेको प्रहरीले जनाएको छ। सो स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीयले समेत आगलागी नियन्त्रणको प्रयासमा रहेको जनाइएको छ।