झाँक्रीको जिम्मा लिन नेताहरूले मानेनन्: प्रहरीमाथि चर्को दवाव
काठमाडौँ- नेकपा नेतृ रामकुमारी झाक्रीलाई सहमति गराएर पुन:उपस्थित हुने सर्तमा छाड्ने तयारी प्रहरीले गरेपनि प्रहरीमाथि भने दवाव सृजना भएको छ ।
अभिव्यक्ति स्वतन्त्रता हनन भएको र सरकार निरंकुश बहदै गएको भन्दै विभिन्न राजनीतिक दलहरू र संस्थाहरूले विरोध गरेपछि प्रहरी दवावमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को दवावका कारण पक्राउ गर्न प्रहरी बाध्य भएपनि पक्राउपछिको अवस्था भने प्रहरीलाई थेगिनसक्नु बनेको छ ।
झाँक्रीलाई बिनासर्त छाड्न दवाव दिन अपराध अनुसन्धान महाशाखामा पुगेका नेकपा दाहाल-नेपाल पक्षका नेताहरुले समेत दवाव बढाएका छन् । प्रहरीले सहमति गराएर छाड्ने तयारी गर्दैगर्दा नेताहरूले भने बिनासर्त नछाडे यसको परिणाम फरक हुने बताएका छन् ।
प्रहरीस्रोतका अनुसार नेतृ झाक्रीलाई जिम्मा लिएर जान नेकपा दाहाल- नेपाल पक्षका नेताहरुसँग प्रहरीले आग्रह गरेपनि उनीहरुले झाक्रीको बिनासर्त रिहाइको माग गरेका छन्।
बिहीबार नै नेतृ झाँक्रीलाई बिनासर्त रिहाइको माग गर्दै माइतीघरमा उनको पक्षमा प्रदर्शन गरिएको छ । त्यतिमात्र होइन उनलाई छाड्न दबाब दिँदै मानवअधिकार आयोगका पदाधिकारीहरु पनि अपराध अनुसन्धान महाशाखा कार्यालयमा पुगेका छन्।