मन्त्री रामकुमारी झाँक्रीले लगाइन् राउटे युवतीसँग मित - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

मन्त्री रामकुमारी झाँक्रीले लगाइन् राउटे युवतीसँग मित



काठमाडौं- शहरी सहरी मन्त्री रामकुमारी झाँक्रीले राउटे युवतीसँग मीत लगाएकी छन् । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–४ स्थित भेरी नदी किनारको कालीखोलामा बस्दै आएका राउटे समुदायको बस्तीमा पुगेर मन्त्री झाँक्रीले मित लगाएकी हुन् ।

शुक्रबार राउटे समुदायका लागि घर बनाउने विषयमा छलफलका लागि पुगेकी झाँक्रीले मित लगाएकी छन् । झाँक्रीले मित लगाएपछि राउटे समुदायमा निकै हर्सोल्लास छाएको थियो । राउटे समुदायले मित साइनोलाई धेरै महत्व दिने हुनाले पनि उनले मित लगाएको बताइएको छ ।मन्त्री झाँक्रीले गाजलुलाई फूलको मालासँगै श्रृङ्गारका सामग्री र केही खाने कुरा कोशेली दिएकी छन्।

मन्त्री झाँक्रीले गाजलुलाई फूलको मालासँगै श्रृङ्गारका सामग्री र केही खाने कुरा कोशेली दिइन्। गाजलुले सिमलको काठबाट बनाइएको कोसी दिइन्। साइनो लगाएपछि गाजलुले भनिन् ‘अब काठमाडौं गएका बेला पनि मितिनीसँग भेट हुने भयो,’ गाजलुले भनिन्, ‘मन्त्रीको मितिनी हुन पाउँदा धेरै खुशी लागेको छ।’ मित लगाएपछि मन्त्री झाँक्रीसँग गाजलुले छुट्टै कुराकानी गरिन्। मोवाइल नम्वर मागिन्। बेला–बेलामा भेट्न आउन आग्रह गरिन्। ‘राउटे समुदायमा मितेरी साइनोलाई धेरै महत्व मानिदो रहेछ,’ मन्त्री झाँक्रीले भनिन्, ‘साइनो अनुसारको भूमिका निभाउने प्रतिवद्धता जनाएकी छु।’

मन्त्री झाँक्रीले गाजलु र सहरी तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले लोकेन्द्र र नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले राउटे युवा प्रकाश शाहीसँग मित लगाउने कार्यक्रम थियो । मित लगाउनका लागि मन्त्री झाँक्री र महानिर्देशक मैनालीले काठमाडौंबाट आवश्यक कोशेली ल्याएका थिए। मितलाई दिनका लागि गाजलु, लोकेन्द्र र प्रकाशले पनि काठका भाँडा तयार गरेका थिए।

लोकेन्द्रले पनि विभागका महानिर्देशक मैनालीलाई कोसी र काठकै डाडु दिए। ‘यो मितको चिनो हो, नभुल्नु होला, मितिनीलाई भेट गराउन ल्याउनु होला,’ काठका सामग्री दिँदै उनले भने, ‘रगतको नाता भन्दा पनि मितको नातालाई ठूलो मान्नुहोला।’