रामकुमारी झाँक्रीले दिइन राष्ट्रपति र प्रधानमन्त्रीलाई बधाई - Himal Post Himal Post
  • २८ माघ २०८१, सोमबार
  •      Mon Feb 10 2025
Logo

रामकुमारी झाँक्रीले दिइन राष्ट्रपति र प्रधानमन्त्रीलाई बधाई



काठमाडौं- नेकपा नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएकी छन् । नेपालमा कम्युनिस्ट आन्दोलन समाप्त पारेको र संसद विघटन गरेकोमा ओली र भण्डारीलाई बधाई दिएकी हुन् ।

बधाई दिँदै झाँक्रीले लोकतान्त्रिक गणतन्त्रका लागि पुनः एकपटक लड्न आह्वान समेत गरेकी छिन् ।

नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा संसद विघटन गरेपछि यस्तो प्रतिक्रिया दिएकी हुन् । ‘आउनुस् लोकतान्त्रिक गणतन्त्रको लागि एकपटक फेरी लडौं,’ उनले भनेकी छिन्, ‘केपी ओली र विद्या भण्डारीलाई बघाई दिऊँ कम्युनिष्ट आन्दोलन समाप्त गरेकोमा ।’

उनले यो क्षणलाई सबैभन्दा बढी मर्माहत हुने क्षणको रुपमा चित्रित गरेकी छिन् । ‘यो भन्दा मर्माहत हुने क्षण अरू के हुनसक्छ ? हामीले लडेर ल्याएको व्य वस्थामा बागको छालामा स्यालको रजाई गरेका थिए यिनीहरूले ।’