झण्डै २ करोड ५० लाख रुपैयाँ लिएर १ महिला फरार - Himal Post Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

झण्डै २ करोड ५० लाख रुपैयाँ लिएर १ महिला फरार



बुटवल ।। बुटवलमा बस्दै आएकी १ महिलाले छिमेकिहरुसँग करोडौं पैसा लिएर फरार भएकी छन् । बुटवल उपमहानगरपालिका ७ शिवनगरमा बस्दै आएकि गंगा गुरूङ सोही ठाउँका स्थानीय हरुबाट २ करोड ५० लाख भन्दा बढी पैसा लिएर गत शुक्रबार रातीदेखी श्रिमान र १ छोरासहित फरार भएकी हुन ।

केहि समय अघिदेखि छिमेकिहरुबाट विभिन्न समस्या पर्यो भन्दै रकम उठाएर फरार भएको स्थानीयले बताएका छन् ।

उनले २/३ महिनामा रकम फिर्ता गर्ने भन्दै रकम उठाउदै आएकी थिइन । १/२ पटक दिएको पैसा फिर्ता गरेकाले बिश्वास गरि फेरी पनि पैसा दिएको पिडितहरुले बताएका छन् ।

दुख गरि कमाएको पैसा छिमेकी हो भनेर बिश्वास गरि उनलाई दिएकाे पिडितहरुले बताए पैसा लिएकी गुरूङ बेपत्ता भएको थाहा पाउना साथ धेरैको आँखा रसायो, पिडित भन्छन् यसरी पैसा लियर फरार होलिन भनेर कहिल्यै सोचेका थिएनौ ।

आफुले चलाउदै आएको मोबाइल फोन अफ गरेको, श्रिमान र छोरा पनि घरमा नभएको र कोहि कसैसंग केही नभनी एकाएक वेपत्ता भएपछि पैसा सापटी दिएका छिमेकिहरू ठगिएको उनिहरुले महशुस गरेका हुन् । स्थानीयले गंगा गुरुङ फरार भएको थाहा पाएपछि वडा प्रहरी कार्यलय रामनगरमा उजुरी दर्ता गराएका छन् ।