झनै खतरनाक छ नेपालमा भेटिएको नयाँ भेरिएन्ट - Himal Post Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

झनै खतरनाक छ नेपालमा भेटिएको नयाँ भेरिएन्ट



काठमाडौं- नेपालमा कोरोनाभाइरसका तीन वटा भेरिएन्ट फेला परेको छ। नेपालमा परिवर्तित भाइरस सहित तीन किसिमका भेरिएन्ट भेटिएको हो।

स्वास्थ्य मन्त्रालयले मंगलबार एक बिज्ञप्ती जारि गर्दै देशका विभिन्न भागबाट गत साता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा (३४ वटामा) (बी १६१७२) र ३ प्रतिशतमा (बी१६११७१) भाइरस फेला परेको स्वास्थ्य मन्त्रलायले जनाएको छ।

परिवर्तित बी१६१७२ र बी १६१७१ प्रजातिका दुई म्युटेन्ट भाइरससँगै नेपालमा फैलिएको कोरोनाभाइरसको नयाँ प्रजाति तीन पुगेको छ। यसअघि नेपालमा युके भेरिएन्ट फैलिएको मन्त्रालयले जनाएको थियो ।

विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरिएन्टलाई विश्वव्यापी भेरिएन्ट अफ कन्सर्न भनेर घोषणा समेत गरेको छ । हाल पत्ता लागेको भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण अवस्थामा रहेको पनि मन्त्रालयले जनाएको छ।

यो संगै सबै सचेत र जिम्मेवार बनि जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ पालना गर्नलाई स्वास्थ्य मन्त्रलायले आग्रह गरेको छ।

कोरोना भाइरसको बी १.६१७.२ भेरियन्ट ट्रिपल म्युटेन्ट अर्थात तीनवटा उत्परिवर्तित कोरोना भाइरसको मिलनबाट बनेको नयाँ भेरियन्ट हो ।

विश्व स्वास्थ्य संगठनले पनि भारतमा पहिलो पटक देखिएको यो भेरियन्टलाई हालै (मे १०, वैशाख २७) विश्वव्यापी चासोको भेरियन्ट भनेको थियो ।

वैज्ञानिकहरु कोरोना भाइरसको यो भेरियन्टलाई लिएर चिन्तामा छन् । म्युटेसन भएर बनेका तीन भेरियन्टहरु इ ४८४ क्यू, एल ४५२ आर र पी ६८१ आर का गुण एकै भेरियन्ट बी १.६१७.२ मा देखिएको छ । यी म्युटेशनहरु यूके, साउथ अफ्रिका र ब्राजिलमा पाइएका संक्रामक भेरियन्टहरुमा पनि देखिएका थिए ।