झनै तनावग्रस्त बन्दै भारत: कोरोनाबाट १९६ डाक्टरको मृत्यु - Himal Post Himal Post
  • ३ चैत्र २०८१, सोमबार
  •      Mon Mar 17 2025
Logo

झनै तनावग्रस्त बन्दै भारत: कोरोनाबाट १९६ डाक्टरको मृत्यु



बीबीसी- कोरोना भाइरसको संक्रमणबाट भारतमा १९६ डाक्टरको मृत्यु भएको छ।

भारतीय डाक्टरको छाता संस्था इन्डियन मेडिकल एसोसिएसन (आइएएम) ले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै कोरोना संक्रमणका कारण अहिलेसम्म १ सय ९६ डाक्टरले ज्यान गुमाइसकेको जानकारी दिएको हो।

आइएएमले पत्रमा लेखेको छ- ‘कोभिडका कारण डाक्टर संक्रमित हुने तथा मृत्यु हुने क्रम बढिरहेको छ। यसमा सामान्य चिकित्सक धेरै छन्। जनसंख्याको ठूलो हिस्साले रुघाखोकी एवं सम्बन्धित लक्षणबारे यिनीहरूसँगै सल्लाह लिन्छन्। सम्पर्क गर्ने पहिलो माध्यम नै ती चिकित्सक हुन्। अहिलेसम्म हामीले त्यस्ता १९६ चिकित्सक गुमाइसकेका छौं। सर, यहाँ के पनि उल्लेख गर्नु उपयुक्त हुन्छ भने कोरोनाले सरकारी र निजी क्षेत्र भनेर छुट्याउँदैन। आइएएमले देशभरिका ३ लाख ५० हजार डाक्टरको प्रतिनिधित्व गर्छ, जसले सस्तोमै स्वास्थ्य सेवा दिइरहेका छन्।’

यो भयावह स्थितिप्रति गम्भीर रूपमा ध्यान दिन प्रधानमन्त्री मोदीलाई आइएएमले अनुरोध गरेको छ।

यसैगरी अति जोखिममा रहेका डाक्टर र तिनका परिवारलाई पर्याप्त स्वास्थ्य सुविधाको सुनिश्चित गर्न पनि आइएएमले प्रधानमन्त्री माेदीसँग आग्रह गरेको छ।

‘एक डाक्टरको ज्यान बचाउनु भनेको हजारौं मानिसको ज्यान बचाउनु हो,’ आइएएमले पत्रमा लेखेको छ।