झनै बेहाल बन्दै भारत: आज पनि बन्यो नयाँ रेकर्ड - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

झनै बेहाल बन्दै भारत: आज पनि बन्यो नयाँ रेकर्ड



नयाँ दिल्ली- भारतमा कोरोना संक्रमितको दैनिक नयाँ रेकर्ड बनिरहेको छ । आज पनि संक्रमितको संख्यामा नया रेचोर्द बनेको छ ।

यसैक्रममा आइतवार पनि नयाँ रेकर्ड कायम भयो। आइतवारमात्रै ८० हजार ९२ जना नयाँ संक्रमित भेटिएको टाइम्स अफ इन्डियाले जनाएको छ।

पछिल्ला पाँच दिनमा लगातार ७६ हजार भन्दा धेरै संक्रमित भारतमा रेकर्ड हुँदै आएको छ। साथै एकै दिन अर्को एक हजार भन्दा धेरैले संक्रमणकै बीच ज्यान गुमाएका छन्।

भारतको महाराष्ट्रमा एकै दिन १६ हजार ४ सय ८ जना नयाँ संक्रमित भेटिएका छन्। यहाँ दोस्रो पटक १६ हजार भन्दा धेरै संक्रमित देखिएका हुन्।

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा पहिलो पटक एकै दिन ६ हजार भन्दा धेरै संक्रमित फेला परेका छन्। त्यहाँ ६ हजार २ सय ३३ जना संक्रमित थपिएका हुन्।