२०७५ मंसिर २६, बुधबार

झन् पछी झन् सरकार क्रुर बन्दै ,निर्मलाको पोस्टर देख्यो कि प्रहरीले नै च्यात्छ !

December 5, 2018
88 Views
Spread the love
  • 9
    Shares

काठमाडौं। बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै सार्वजनिक स्थलमा टाँसिएको पोस्टर प्रहरीले नै च्यातेपछि सरकार थप आलोचित भएको छ ।

निर्मलाको न्यायका लागि दबाब दिँदै आएको समूहले ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर अभियान सुरु गरेको थियो । ‘एसिया प्यासिफिक समिटमा माइतीघर भिभिआइपी सवारी रुटमा परेकाले त्यहाँ आन्दोलन गर्न नदिनू भन्ने सरकारको निर्देशन थियो ।

तर, त्यही दिन प्रदर्शनमा आएको समूहका १२ जनालाई नियन्त्रणमा लिएका हौँ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वसन्तकुमार लामाले भने, ‘यहीबीचमा एक प्रहरीले पोस्टर पनि च्यातिदिएछन् । हामी घटनाको छानबिन गरी निर्मलाको पोस्टर च्यात्ने प्रहरीलाई कारबाही गर्छौं। निर्मलाको पोस्टर च्यात्न प्रहरीलाई कुनै निर्देशन छैन ।’

उनले पोस्टर च्यात्ने प्रहरी को हो भनेर छानबिन भइरहेको, तर पहिचान हुन नसकेको बताए । आफैले खटाएका प्रहरीको तस्बिर सार्वजनिक हुँदा पनि पहिचान गर्न नसक्ने प्रहरीबाट बलात्कार र हत्याजस्तो जघन्य अपराधका दोषी पत्ता लाग्लान् भनेर आशा कसरी गर्ने ?

प्रश्न यो पनि छ । त्यस्तै, एकजना प्रहरीले आफूखुसी पोस्टर च्यातेको भनिए पनि पोस्टर च्यात्दै गरेका प्रहरीको फोटो देशका विभिन्न ठाउँबाट आउन थालेका छन् । यो समाचार नयाँ पत्रिका दैनकमा छ ।

Facebook Comments
  • 9
    Shares

You may be interested

भगवानको नाममा भत्किएको हाम्रो देश ।
विचार/लेख
0 shares33 views
विचार/लेख
0 shares33 views

भगवानको नाममा भत्किएको हाम्रो देश ।

himal post - २०७५, २६ मंसिर १२:३८

बाबु रोका मगर कसैको घर बनाउनु पुण्यको काम हो र भगवानको घर बनाउनु महा पुण्यको काम हो त्यसैले मन खोलेर…

कानुङ् लाङ्घाली मगर समाज दिल्लीको स्थापना
प्रवास
0 shares27 views
प्रवास
0 shares27 views

कानुङ् लाङ्घाली मगर समाज दिल्लीको स्थापना

himal post - २०७५, २६ मंसिर १२:३८

नयाँ दिल्ली  भारतको नयाँ दिल्लीमा  विभिन्न नेपाली सङ्घ सङ्गठले भरिपूर्ण छँदै छ  । सोही अवसरमा नेपालमा अवस्थित मगरहरूको प्रतिनिधित्व गर्दै कानुङ्…

फास्ट ट्रयाक सांसदको ‘मनोरञ्जन स्थल’
पत्रपत्रिका
0 shares22 views
पत्रपत्रिका
0 shares22 views

फास्ट ट्रयाक सांसदको ‘मनोरञ्जन स्थल’

विशाल पाण्डेय - २०७५, २६ मंसिर ११:१२

काठमाडौं । काठमाडौं—तराई÷मधेस दु्रतमार्ग फास्ट ट्रयाक निर्माण र त्यसैसँग जोडिएको अन्तर्राष्ट्रि विमानस्थलको विषयमा अध्ययन गर्न संसदीय समितिहरु एकपछि अर्को गर्दै…