ओली समूह र नेता नेपालबीच भएको वार्ताले झनै बिग्रियो कुरा - Himal Post Himal Post
  • १९ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 3 2025
Logo

ओली समूह र नेता नेपालबीच भएको वार्ताले झनै बिग्रियो कुरा



काठमाडौँ- नेकपा एमालेको माधव नेपाल र पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रतिनिधि बनेर वार्तामा गएका अर्थमन्त्री विष्णु पौडेल र सुवास नेम्वाङबीच भएको वार्ता सकारात्मक हुन नसकेको बताइएको छ ।

ओली पक्षले वार्ता सकारात्मक भएको बताए पनि नेपाल पक्षले भने झनै कुर्ता बिग्रिएको बताएका छन् । सांसदहरूको राजीनामा अघिको बैठक सिंहदरबारमा सुरु भएको छ ।

बैठकमा राजीनामा दिन हस्ताक्षर गरेका सांसदहरू उपस्थित भएका छन् । माधव नेपालले केपी ओलीका दूतसँगको वार्ता बारे जानकारी दिइरहेका छन् ।

उनले केपी ओली आफ्नो अडान टसमस रहेकाले राजीनामा नै अन्तिम विकल्प रहेको र ढिला नगरी राजीनामा दिएर सनाखत गर्नेतर्फ लाग्न सांसदहरूलाई आग्रह गरेका छन् ।

बैठक जारी छ । समानुपातिक सांसदहरूले पनि राजीनामा दिने तयारी गरेका छन् ।