उपराष्ट्रपति र सभामुखमाथि झम्टिए प्रधानमन्त्री ओली
विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओली उपराष्ट्रपति र सभामुखमाथि झटिएका छन् । विराटनगरमा शनिवार आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले उपराष्ट्रपति र सभामुख सरकारविरुद्ध झगडियाको रुपमा प्रस्तुत भएको बताए ।
प्रधानमन्त्री ओलीले आफू झगडिया नभएको बताउँदै उनीहरूको क्रियाकलापमाथि आपत्ति जनाए । उनले सभामुखलाई किर्तेको संज्ञा दिदै सरकारविरुद्ध मुद्दा लिएर सभामभुख अदालत गएको बताए ।
ओलीले भने–सभामुख भनेर छानियो तर झगडिया भएर निस्किए । सरकारविरोधी झगडिया हुन् सभामुख । उहाँले किर्ते सनाखत गर्नुभएको छ । सभामुख जस्तो पदको मान्छेले किर्ते गर्छ भन्दा पनि लाज लाग्छ । साँढे ३ बजे गएको प्रस्तावलाई १० बजे आएको भनेर सनाखत गरे ।
ओलीले उपराष्ट्रपति नन्दवहादुर पुनको पनि आलोचना गरे । पुनले हालै संवैधानिक अंगका पदाधिकारी र प्रदेश प्रमुखको सपथग्रहण बहिस्कार गरेका थिए भने प्रतिनिधिसभा विघटनविरुद्ध भाषण गरेका थिए ।
ओलीले भने–उपराष्ट्रपतिजी सरकारविरुद्ध भाष्णा गरेर हिडनुभएको छ । उहाँको पदले त्यसो गर्न दिन्छ ? हुन त उहाँ चुनाव नगर्ने पृष्ठभूमिबाट आउनुभएको तर अब त चुनावको पक्षमा बोल्न सिक्नुस ।
ओलीले प्रतिनिधिसभा विघटन संवैधानिक भएको र अब प्रतिनिधिसभा पुनःस्थापना भएमा बहुमतको सरकार नहुने र किनेमेल खरिदविक्रीको राजनीति शुरु हुने भन्दै अदालतले यो कुरा बुझेर संविधानसम्मत फैसला गर्ने दावी गरे ।