झम झम पानीमा पनि दिल्लीमा ओइरिए दर्शक ,बैकुण्ठ र शान्ति श्रीले यसरी तताए माहोल - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

झम झम पानीमा पनि दिल्लीमा ओइरिए दर्शक ,बैकुण्ठ र शान्ति श्रीले यसरी तताए माहोल



हिमाल पोस्ट /नयाँ दिल्ली
भारतको नयाँ दिल्लीमा श्री साँइ कृपा चेरिटेबल ट्रस्टको आयोजना भव्य नेपाली साँस्कृतिक कार्यक्रममा २६ जनवरीको दिन सम्पन्न भएको छ  ।उक्त कार्यक्रममा  हजारौ दर्शकको उपस्थिति रहेको   थियो । सुपा देउराली टुर एण्ड ट्रावल्सको  प्रायोजन गरेको उक्त कार्यक्रम   गृह कल्याण केन्द्र एण्ड्रयूज गंजमा भएको थियो ।

भारतीय गणतन्त्र दिवसको अवसर पारेर गरीएको कार्यक्रमको अध्यक्षता सँस्थाका बरिष्ठ सदस्य बिष्णु प्रसाद पौडेलले गरेकाथिए । नेपाली समूदायको प्रतिनिधि सँस्था नेपाली राजदूतावासका साँस्कृतिक विभाग प्रमुख कृष्ण प्रसाद पन्त प्रमुख अतिथि रहनु भएको थियो ।
गृह कल्याण केन्द्रको खुला मैदानमा राखिएको कार्यक्रममा  अचानक आएको वर्षाका कारण हलमा लैजानु परेको थियो । हलमा दर्शकहरु सबै उभिएर खचाखच भरिएका थिए । लगभग ४०० को क्षमता भएको हलमा मानिसहरु उभिदाभने हजार भन्दा बढि अटाएका हुन्   । मिलाएर बसाल्दा लगभग डेढ सय मान्छे अटाउन सक्ने स्टेजको वरीपरि मात्रै सयौ मानिसहरुको भिड लागेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि दूतावासका पन्तले कार्यक्रम सफलताको शुभकामना दिदै नेपाली लोक सँस्कृतिको जगेर्ना गर्न सामाजिक क्षेत्रमा तपाइहरुले गरेको काम महत्वपूर्ण रहेको छ, भनेकाथिए । त्यस्तै विशिष्ट अतिथिको रुपमा रहेकाअल इण्डिया फेडरेशन अफ भोलुन्ट्री अर्गनाइजेशनका महासचिव बिष्णु प्रसाद बरालले शुभकामना मन्तव्यदिदै सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्नेहरुको योगदानलाइ उच्चस्थानमा पुर्याउन सबै नेपाली दाजूभाइहरुको आफु साथमा छु, भनेकाथिए ।
साँइ कृपाका अध्यक्ष बिष्णु के. सी. ले स्वागत मन्तब्य दिदै मौसमको गडबडीका बावजूद हजारौंको संख्यामा प्रवासी नेपाली दाजूभाइ दिदिबैनीहरुको यो उपस्थिति साँइ कृपाको कुशल आयोजना हो । तपाइहरुले यसरी साथ दिएपछि आगामि दिनहरुमा हामीले अभैm बढि शसक्तभएर उल्लेखनीय काम गर्नमा अग्रसर हुनेछौ । यहाँ उपस्थित कलाकार, दर्शकहरुलाइ हार्दिक धन्यवाद ज्ञापन गर्दै स्वागत गर्दछु, भनेका थिए ।
सो कार्यक्रममा कलाकार बैकुण्ठ  महतले दर्शकलाई झुमाएनन मात्रै नेपलमै रहेको आभास दिलाएका थिए ।पूर्वमा मेची  पश्चिममा महाकाली नेपाल आमाका सन्तान नपाली लागएत गीतले दर्शकलाई मनोरंजन दिएका थिए ।साथमा  शान्तीश्री परियारले पनि दिल्लीका युवालाई मोहोनी लगाएकी थिईन,नारायण  वि. पि.,बिष्णु श्रीपाली ,पुजा परियार ,राजिभ मल्ल दंगाली आदिले  दर्शकहरुलाइ झुमि–झुमि नाच्ने गराएका थिए ।जनवर्गिस संघ सँस्था लगायत विभिन्न सामाजिक संघ सँस्थाहरुका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको सो कार्यक्रमका उद्घोषक वि. सी. ले साँस्कृतिक क्षेत्रको महत्वको बारेमा प्रकाश पारेका थिए ।

सोहि कार्यक्रम हुनु आगाडी  उक्त सस्थाले अनाथालयका बालबालिकाहरुलाइ व्यागहरु वितरण गरेको थियो ।