झमकको जन्मोत्सवमा साहित्यिक कार्यक्रम हुँदै - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

झमकको जन्मोत्सवमा साहित्यिक कार्यक्रम हुँदै



धनकुटा | साहित्यकार झमक धिमिरेको ३८ औं जन्मदिनमा धनकुटामा साहित्यिक कार्यक्रम हुने भएको छ ।

झमक धिमिरे साहित्य प्रतिष्ठान, धनकुटाले धिमिरेको ३८ औं जन्मदिनको अवसरमा असार २१ गते बिहिबार धनकुटामा कार्यक्रम गर्न लागेको हो । साहित्यमा धिमिरेले पुर्याएको योगदानको कदर गर्दै उक्त कार्यक्रमको आयोजना गरिएको छ ।

धनकुटाको चिप एण्ड बेकरी क्याफेमा बिहिबार बिहान ११ बजेबाट उक्त कार्यक्रम हुने भएको छ ।