साहित्यकार झमककुमारी घिमिरेलाई सम्मानित गरिने - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

साहित्यकार झमककुमारी घिमिरेलाई सम्मानित गरिने



विराटनगर । साहित्यकार झमककुमारी घिमिरेलाई सम्मानित गरिने भएको छ । उहाँलाई ‘स्व किशोरी खतिवडा स्मृति पुरस्कार’ बाट सम्मानित गरिने भएको हो ।

राष्ट्रसेवक बहुमुखी सहकारी संस्था विराटनगरले शुक्रबार पत्रकार सम्मेलन गर्दै धनकुटाकी साहित्यकार घिमिरेलाई रु १६ हजार १११ सहित सम्मानित गर्ने निर्णय भएको जनाएकाे छ । संस्थाको २० औँ वार्षिक साधारणसभाको अवसरमा पुस १४ गते उहाँलाई सम्मानित एवं पुरस्कृत गरिनेछ ।

सोही अवसरमा रु १० हजार राशीको स्व दधिराम दाहाल स्मृति पुरस्कारबाट जनप्रतिनिधि ताराबहादुर काफ्लेलाई पुरस्कृत गरिने र विसं २०७४ को एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने ६ जना शेयर सदस्यका छोराछोरीलाई पनि नगद पुरस्कारले सम्मानित गर्ने संस्थाका अध्यक्ष जीवन काफ्ले जानकारी दिनुभयो ।

नेपाल निजामती कर्मचारी सङ्गठनमा आबद्ध रहेका नेपालभरी ६८ जिल्लामा शाखा रहेको सो संस्थामा २० हजार शेयर सदस्य रहेका छन् । संस्थामा नेपालभर शेयर सदस्यको दुई अर्ब बराबरको पूँजी रहेको छ ।