अब झलनाथ खनाल पनि सरकारको बिपक्षमा - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

अब झलनाथ खनाल पनि सरकारको बिपक्षमा



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको टिप्पणी गरेका छन्।

काठमाडौंमा आज आयोजित शुभ–कामना आदान–प्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सरकार साना विषयमा अल्झिदा नागरिकमा निरासा बढेको बताएका हुन्।

महंगी नियन्त्रणमा ठोस काम नगर्दा उपभोक्ता मारमा परेको र विकास निर्माणका गतिविधि पनि सुस्त हुँदा शक्तिशाली भनिएको सरकार पनि उस्तै रहेछ भन्ने सन्देश जान थालेको उनको भनाइ थियो।

नेता खनालले संविधान कार्यान्वयमा भने सरकार सफल रहेको दावी गरे। सीमित कमजोरी सुधार्दै जनविश्वास कायम राख्न सरकारले भूमिका बढाउनु पर्ने उनको सुझाव थियो।

केही दिन अघि पनि नेकपाका अर्का बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारको चर्को आलोचना गरेका थिए।

सरकारका क्रियाकलापका कारण जनतामा निराशा बढिरहँदा नेकपाकै शीर्ष नेताहरुले समेत सरकारको तिब्र आलोचना गर्न थालेका छन्।