ओली छोडेर झलनाथको साथ प्रचण्डलाई - Himal Post Himal Post
  • ९ पुष २०८१, मंगलवार
  •      Tue Dec 24 2024
Logo

ओली छोडेर झलनाथको साथ प्रचण्डलाई



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपामा अचम्म अचम्मका घटना चर्चामा आउने गरेका छन् । अहिले भने पार्टीका पुर्वअध्यक्ष झलनाथ खनालले प्रचण्डलाई समर्थन गरेपछी माहोल फरक बनेको छ ।

अहिले पार्टीमा बिबाद र बिचारमा संघर्ष चलिरहेको उक्त पार्टीमा शनिबार बसेको बैठकमा झलनाथले प्रचण्डकै लाइनमा समर्थन जनाएपछि प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष भने सङ्कटमा देखिएका छन् ।

पार्टी नेतृत्व, सरकार नेतृत्व लगायत सरकारले सुरु गरेका सबै काममा ब्यापक बिबाद देखिंदै आएको बेला ओलीलाईनै थ्रेट पुग्ने गरी आएको यो समर्थनले नेकपाभित्र के चल्दैछ अनुमान निकै कठिन बनेको छ ।

शनिबार बसेको केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद ‘जबज’ राख्न खोजेपछि बैठकनै स्थिगित भएको बताइएको थियो ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने तात्कालिक नेकपा एमालेले मान्दै आएको जनताको बहुदलीय जनवादु (जबज) र तात्कालिक नेकपा माओवादी केन्द्रको ‘एक्काइसौँ शताब्दीको जनवाद’ दुवैको साटो मध्यमार्गको रूपमा ‘जनताको जनवाद’ राजनीतिक प्रतिवेदनमा राखिनुपर्ने पक्षमा छन् ।

तयार पारिएको प्रतिवेदनमा समेत उक्त कुरा राखिएपछि प्रधानमनन्त्री ओलीले धेरै सच्याउँन पर्ने बताएको नेता खनालले बताएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनाल नेकपाको राजनीतिक दस्तावेजमा ‘जबज’ नराख्नुपर्ने पक्षमा उभिएका छन् ।

उनी भन्छन्, ‘जनताको बहुदलीय जनवाद त मुल्तबीमा गइसक्यो नि। हामीले छलफल गर्छौं भनिराखेका छौँ । अहिले हाम्रो मार्गदर्शक सिद्धान्त त मार्क्सवाद-लेनिनवाद नै हो, जनताको बहुदलीय जनवाद होइन।’

उपप्रधानमन्त्री एवम् सचिवालय सदस्य ईश्वर पोखरेलले जनताको बहुदलीय जनवादको पक्षमा धारणा राख्दै आएका छन्।