ओलीको भण्डाफोर गर्न कार्यकर्तालाई झलनाथको निर्देशन - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

ओलीको भण्डाफोर गर्न कार्यकर्तालाई झलनाथको निर्देशन



काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले केपी ओलीलगायतका गलत विचारको भण्डाफोर गर्न केन्द्रिय सदस्यलाई निर्देशन दिएका छन्। काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले केपी ओलीमा मौलाएको अहंकारवादको धुजा-धुजा केलाएर खण्डन गर्न आह्वान गरेका हुन्।

‘दक्षिणवादी अवसरवादी ,व्यक्तिवाद, अहंकारवादको धुजा धुजा केलाएर खण्डन गर्नुपर्छ।’ खनालले भने, ‘आम कार्यकर्ताको विचमा भण्डाफोर गर्नुपर्छ। बुर्जुवा संसदद्बाटबाट मुक्त हुनुपर्छ। ’ खनालले ओलीले गुट मात्रै चलाएकाले उनी नेतृत्वको सरकारले दुईतिहाई बहुमतलाई सदुपयोग हुन नसकेको दाबी गरे। उनले भने, ‘एमालेबाट समाजवादी क्रान्ति पूरा हुन नसक्ने ठहर भयो र नयाँ पार्टी खोल्नु परेको हो। उनले सत्ता गठबन्धनलाई तलैसम्म लैजानुपर्ने धारणा राखे।

जबज मार्गदर्शन बन्न सक्दैन
उनले कम्युनिष्ट पार्टीको स्थापना भएपछि जनवादी क्रान्तिको थालनी भएको स्पष्ट पारे। ‘स्वरुपमा जति धेरै जनवाद जन्मिएपनि सारतः सबै जनताको बहुदलीय जनवाद हो। जबज भनेको पुजिवाँदी जनवादको एउटा रुप हो। जनवादको उपयोग गर्दै समाजवादी क्रान्तिको कार्यदिशा पूरा गर्नुपर्छ।’ पूर्वप्रधानमन्त्री खनालले भने, ‘जबज मार्गदर्शन बन्न सक्दैन। मार्क्सवाद, लेनिनवाद मार्गदर्शन हो।’

उनले चुनावलाई कार्यनीतिक रुपमा हेर्नुपर्ने बताए। उनले पार्टीको नीतिगत मार्गदर्शन अनुरुप सरकार चल्नुपर्ने स्पष्ट पारे। उनले मार्क्सवादका सिद्धान्तलाई गहिरोसँग अध्ययन गर्न कार्यकर्तालाई आग्रह गरे।