कांग्रेससँग गठबन्धन टुटे एमालेसँग हुन्छ - झलनाथ खनाल - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

कांग्रेससँग गठबन्धन टुटे एमालेसँग हुन्छ – झलनाथ खनाल



नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले कांग्रेससँग अहिले कायम रहेको गठबन्धन टुटे एमालेसँग गठबन्धन हुने स्वीकारेका छन् ।

एक निजी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् । ‘कांग्रेससँग गठबन्धन टुटे एमालेसँग चुनावी तालमेल हुन सक्छ,’ खनालले अन्तर्वार्तामा भनेका छन् ।

खनालले गठबन्धन आफूहरूका लागि मात्रै नभई कांग्रेसका लागि पनि अपरिहार्य भएको जिकीर गर्दै भने, ‘केही गरी कांग्रेससँगको सम्बन्ध टुटेमा अरु विकल्पमा जान्छौं ।’

अन्तर्वार्ताका क्रममा एमसीसी यथास्थितिमा पास नहुने खनालले बताएका छन् । एमसीसीकै कारण गठबन्धन नटुट्ने खनालको दाबी छ ।