पार्टी एकता बारे झलनाथ खनालले हुन्छ वा हुन्न भनेपछि ... - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

पार्टी एकता बारे झलनाथ खनालले हुन्छ वा हुन्न भनेपछि …



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता जेठ महिनाभित्रै सम्पन्न हुने बताउनुभएको छ ।

युवा संघको २९औं स्थापना दिवसमा बरिष्ठ नेता खनालले यस्तो बताउनुभएको हो ।

‘धेरै साथीहरुले जेठ ३ गते एकता टुंगिन्छ भन्नुभयो, यसअघि पनि धेरैपटक आशा देखाइयो तर त्यो आयो अनि गयो आयो र गयो,’ बरिष्ठ नेता खनालले भन्नुभयो, ‘जेठ ३ गते हुन्छ वा हुँदैन भन्न सक्दिन तर जेठ महिना चाँही सकभर कट्दैन ।’

स्थापना दिवसका राष्ट्रिय सभागृमा भएको कार्यक्रममा पार्टीका शीर्ष नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति छ ।