अस्पताल छोडेर झाँक्रीको शरणमा जान थाले भारतमा कोरोना संक्रमितहरू - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

अस्पताल छोडेर झाँक्रीको शरणमा जान थाले भारतमा कोरोना संक्रमितहरू



एजेन्सी- भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर मात्र होइन कल्पना भन्दापनि बाहिर गैसकेको छ । संक्रमण ह्वात्तै बढेपछि अस्पतालमा खुट्टा टेक्ने ठाउँ पनि छैन । यस्तैमा भारतका ग्रामिण भेगका संक्रमितहरू धामी र झाँक्रीसंग धाउन थालेका छन् ।

ग्रामिण क्षेत्रका मानिसहरू झाँक्रीसंग जान थालेपछि अवस्था झन् बिग्रिएको छ । झाँक्रीहरूले संक्रमितहरूलाई तातो फलामले डाम्ने गरेका छन् । कतिपय स्थानीय फलामले डामेको खतसहित गाउँमा फर्किएका छन् ।

महाराष्ट्रको दुर्गम क्षेत्रमा रहेको चिँचपाडामा रोगीहरू शरीरमा फलामको डाम लिएर आएको क्रिस्चियन अस्पतालकी डा अशिता सिंहले बताइन् । भूतप्रेतले संक्रमण गराएको र त्यो भगाउन फलामले डामेको उनीहरूको भनाइ छ ।

अरू गाउँले चाहिँ जडीबुटीमा निर्भर छन् भने अन्य केही गाउँमा राक्षस आएको र रोग फैलाइरहेको भन्दै भागेका छन् । उनीहरू यसरी भाग्दा संक्रमण थप द्रुत गतिमा फैलिरहेको छ ।

क्रिस्चियन अस्पतालमा ८० जनासम्म रोगीलाई हेर्न मिल्छ । रोगीहरू केही नलागेपछि बल्ल अस्पताल आउने गरेको र बचाउन नसकिने अवस्थामा पुगेको अवस्थामा हुने डा सिंहको भनाइ छ ।