ओलीविरुद्ध कानुनी र राजनीतिक उपचार खोज्ने झाँक्रीको उद्घोस - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

ओलीविरुद्ध कानुनी र राजनीतिक उपचार खोज्ने झाँक्रीको उद्घोस



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्वाचित कार्यसमिति भंग गरेपछि माधव नेपाल पक्ष आक्रोशित बनेको छ।

प्रचण्ड समूह छाडेर मूलपार्टीमै फर्केको नेपाल समूहको जिम्मेवारी खोस्दै अध्यक्ष ओलीले शुक्रबार १० औं महाधिवेसनको मिति घोषणा गरेका हुन।

एमालेमा फर्केकी नेतृ रामकुमारी झाँक्रीले ओलीको यस कदम विरुद्ध राजनीतिक ढंगले लड्नुपर्ने बताउँदै कडा चेतावनी दिएकी छन्।

शुक्रबार राति झाँक्रीले सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै लेखेकी छन्, ‘जे भइरहेको छ यो एकदमै गलत हो। विधानविपरीतको यो ज्यादती हो। कम्युनिस्ट आन्दोलनको विसर्जन हो, तर हामी यो आन्दोलनलाई यत्तिकै विसर्जन हुन दिनेछैनौं । यसको कानुनी उपचार र राजनीतिक प्रतिवाद दुवै गर्नेछौ। साथीहरू, हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक लडाइँ हुनेछ।’