रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने तयारी - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने तयारी



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने तयारी गरिएको छ । राजधानी काठमाडौं बाहिर रहेकी झाँक्रीलाई राजधानी छिर्नेबित्तिकै पक्राउ गर्ने तयारी भैरहेको स्रोतले दाबी गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन गरेको आरोपले विवादमा तानिएकी नेतृ झाँक्रीलाई कारबाही गर्न सरकारलाई विभिन्न महिलासम्वद्ध संघसंस्थाहरुले दवाव दिएका छन् ।

झाँक्रीलाई पक्राऊ गर्न महिलासम्वद्ध संघसंस्थाहरुले ज्ञापनपत्र गृहमन्त्री बादललाई समेत बुझाएका छन् । उनलाई पक्राऊ गर्न नेकपाको ओली समूहमा दवाव बढेपछि पक्राउको तयारी गरिएको हो ।

प्रहरी स्रोतका अनुसार माथिल्लो तहबाटै झाँक्रीलाई पक्राऊ गर्ने निर्देशन आएको बताइएको छ । उनलाई काठमाडौं उपत्यका प्रवेश गरेलगत्तै पक्राऊ गर्ने तयारी गरिएको स्रोतको दाबी छ ।

गोरखामा आयोजित विरोध कार्यक्रमा झाँक्रीले राष्ट्रपति भण्डारीलाई बडामहारानी भनेकी छिन् । उनले भनेकी थिइन्,‘राष्ट्रपतिका कुरा त के गर्नु, म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु- निर्वाचनको तयारीका लागि सुखसुविधा ऐस आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुहोस्, चाबहिल कि कता बानेश्वरतिर बसाईँ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ ।’