रामकुमारी झाँक्रीलाई प्रहरीले बोलायो: आफै नगए पक्राउ गर्ने - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

रामकुमारी झाँक्रीलाई प्रहरीले बोलायो: आफै नगए पक्राउ गर्ने



काठमाडौं- प्रहरीले विभाजित नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई सोधपुछ गर्न बोलाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले र एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई बोलाएको बताइएको छ ।

अपराध महाशाखाका अनुसार विघटित प्रतिनिधिसभा सदस्य झाँक्रीलाई गोरखामा केही दिनअघि दिएको अभिव्यक्तिका सन्दर्भमा सोधपुछ गर्न बोलाइएको हो । झाँक्री आफैं उपस्थित नभए पक्राउ गर्ने प्रहरीकाे तयारी छ ।

झाँक्रीले गोरखाको एक कार्यक्रममा राष्ट्रपति भण्डारीप्रति व्यक्तिगत आरोप लगाएको भन्दै विरोध भएको थियो । उनले सो भाषणमा सेतो सारी लगाएर भोट माग्ने प्रवृतिको समेत विरोध गरेकी थिइन् ।

यसले एकल महिलामाथि हिंसा गरेको भन्दै अखिल नेपाल महिला संघले कारवाहीको माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।