दबाब थेग्न नसकेर रामकुमारी झाक्रीलाई प्रहरीले छाड्यो - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

दबाब थेग्न नसकेर रामकुमारी झाक्रीलाई प्रहरीले छाड्यो



काठमाडौँ- रामकुमारी झाक्रीलाई प्रहरीले रिहा गरेको छ। नेकपा दाहाल-नेपाल पक्षकी नेतृ झाँक्रीलाई राज्यबिरुद्ध अभियोगमा बिहिबार उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

शंखमूलस्थित निवासबाट पक्राउ परेकी नेतृ झाक्रीलाई बिहीबार साँझ प्रहरीले रिहा गरेको हो।प्रहरीको अपराध अनुसन्धान महाशाखाले राज्यबिरुद्ध अभियोगमा नेतृ झाक्रीलाई बिहीबार दिउँसो पक्राउ गरेको थियो।

नेकपा, कांग्रेसलगायत मुख्य दलहरुका प्रमुख नेताहरुले झाक्री पक्राउको विरोध गर्दै तत्काल रिहाइको माग गरेका थिए।

नेतृ झाक्रीले गोरखामा भएको एउटा सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबिरुद्ध लाञ्छना लगाएको भन्दै उनलाई पक्राउ गरिएको हो।