झाँक्रीलाई बाँस्कोटाले भने - धन्य तिमी छौ र लोकतन्त्र बाँचेको छ - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

झाँक्रीलाई बाँस्कोटाले भने – धन्य तिमी छौ र लोकतन्त्र बाँचेको छ



नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बास्कोटाले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई कटाक्ष गर्दै ट्वीट गरेका छन् ।

मंगलवार उनले एक ट्वीट गर्दै भनेका छन्, ‘एक सच्चा देशभक्त परमादेशी मन्त्रीले मुखमा बेरेको कालो टेप खोलेर बोलेको सुनियो – कालापानी क्षेत्रबारे मन्त्री बोल्न मिल्दैन, अभियन्ताले मात्र बोल्न मिल्छ । धन्य, हाम्रो अग्रगामी सरकार ! तिमी छौ र त हाम्रो देशभक्ति र लोकतन्त्र बाँचेको छ ।’

बाँस्कोटाले झाँक्रीले एक टेलिभिजनलाई दिएको अन्तर्वार्ता सुनेपछि यस्तो टिप्पणी गरेका हुन् । ट्वीटमा झाँक्रीको नाम उल्लेख नगरिएपनि इशारा त्यतैतर्फ सोझाएका हुन् ।