रामकुमारी झाँक्रीको आक्रामक भाषण: प्रधानमन्त्री र राष्ट्रपतिमाथि खनिइन् - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

रामकुमारी झाँक्रीको आक्रामक भाषण: प्रधानमन्त्री र राष्ट्रपतिमाथि खनिइन्



काठमाडौँ- विभाजित नेकपाले गरेको बृहद जनसभालाई सम्वोधन गर्न आएकी नेकपा नेतृ रामकुमारी झाँक्री आक्रामक रूपमा प्रस्तुत भएकी छन् । मुखमा टेप टाँसेर बोल्न आएकी झाँक्रीले जनताले बोल्न पाउने अधिकार कसैले खोस्न नपाउने बताइन् ।

बोल्नुअघि उनले मुखमा टाँसेको टेप निकालेर भनिन्- बोल्न पाइन्छ। हामीले ल्याएको लोकतन्त्रमा बोल्न पाइन्छ। हामी बोल्न जन्मिएका हौँ। कागजी बादशाहविरुद्ध बोल्नुपर्छ।

राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता बनिरहेको भन्दै झाँक्री उनीविरुद्ध निकै आक्रमक बनेकी थिइन्।

केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी ओली कागजी बादशाह भएको बताएकी छन्।

बुधबार नेकपा दाहाल–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभामा बोल्दै झाँक्रीले यस्तो बताएकी हुन्।

उनले भनिन्, ‘खड्गप्रसाद ओली कागजी बादशाह हुन्। ती अब ढलिसके।’

उनले अहिलेको यो लडाईं ओलीविरुद्धको मात्र नभई ओली प्रवृतिविरुद्ध भएको बताइन्। अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले अब ओली प्रवृति नदोहोरिने सुनिश्चितता गर्नुपर्ने उनको भनाइ छ।

नागरिकहरुको बलिदानबाट आएको व्यवस्थामा जनताको बोल्न पाउने अधिकार कसैले खोस्न नसक्ने झाँक्री बताइन्।