सिन्धुपाल्चोकको झाडापखालाको महामारी : सयौं प्रभावित - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सिन्धुपाल्चोकको झाडापखालाको महामारी : सयौं प्रभावित



सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ बिन्जेलमा झाडापखालाको महामारी फैलिएको छ ।

झाडापखालाका कारण एकै गाउँका १ सय ३० जना भन्दाधेरै बिरामी परेका छन् । बिरामीमध्ये ९६ जनालाई गाउँमै पुगेका स्वास्थ्य टोलीले उपचार गरेकाे छ भने अन्य बिरामीको अवस्था गम्भीर रहेकाले  खाडिचौरमा रहेको सिन्धु सदाबहार अस्पताल र काठमाण्डाै रेफर गरिएको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले बताए ।

बिरामीमा सुरुमा सामान्य टाउको दुख्ने, त्यसपछि झाडाबान्ता हुने गरेको लक्षण देखिएको पनि उहाँले जानकारी दिनुभयो । स्थानियबासिन्दा गोपीकृष्ण भुजेलको छोरीको विवाहको भोज खाएकाहरुलाई झाडापखाला लागेको बीरामीले बताएका छन् । विषाक्त खाना र पानीका कारण झाडापखालाको प्रकोप फैलिएको डाक्टरले बताएका छन् ।