जेष्ट नागरीक लक्षित निशुल्क स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न  - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

जेष्ट नागरीक लक्षित निशुल्क स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न 



बिरेन्द्र शाह /सुुखड ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ तारानगरमा  एक दिने जेष्ट नागरीक लक्षित निशुल्क स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न भएको छ ।

घोडाघोडी नगरपालिका स्वास्थ शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । एक दिने जेष्ट नागरीक लक्षित निशुल्क स्वास्थ्य शिबिरमा ३४८ महिला र ८० जना पुरुषले सेवा लिएको घोडाघोडी नगरपालिका स्वास्थ्य साखा सहसंयोजक मिन बहादुर धामीले बताउनु भयो ।

शिबिरमा स्त्रिरी रोग,अन्य सामान्य उपचार र परामर्श गरीएको बताईएको छ । बार्षिक कार्यक्रम अनुसार स्वास्थ्य सेवामा पहुच कम भएको,पछाडी परेको वर्ष,महिला,दलित र जेष्ट नागरीक बढी भएको क्षेत्रमा कार्यक्रम गर्नु पर्ने भएकाले निशुल्क स्वास्थ्य शिबिर गरेको सहसंयोजक मिन बहादुर धामीले बताउनु भयो । कार्यक्रम राष्टिय माबि तारानगरको प्रागणमा भएको थियो ।