युक्रेनी राष्ट्रपति जेलेन्स्कीले दिए पुटिनलाई कडा चेतावनी - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले दिए पुटिनलाई कडा चेतावनी



रूस-युक्रेन युद्धको २५ औं दिन (आइतबार) रूसी सेनाले युक्रेनको मारियुपोल शहरको एउटा आर्ट विद्यालयमा बमबारी गरेको छ।

यहाँ करिब ४०० जनाले आश्रय लिएका छन्। मानिसहरू भग्नावशेषमुनि फसेको आशंका गरिएको छ। यसअघि यहाँ एक थिएटरमा बम विष्फोट भएको थियो, जहाँ कम्तीमा १,००० सर्वसाधारणले आश्रय लिएका थिए।

यसैबीच युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आइतबार पुरानो प्रस्तावलाई दोहोर्‍याएका छन्। सीएनएनसँगको अन्तर्वार्तामा उनले भने, ‘म रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्न तयार छु। तर, यो वार्ता असफल भयो र युद्ध नरोके तेस्रो विश्वयुद्ध निश्चित छ भन्ने हामीले ध्यानमा राख्नुपर्छ।’

आइतबार रूसले हाइपरसोनिक मिसाइल किन्जोलले माइकोलाइभमा आक्रमण गरेको थियो। रूसको रक्षा मन्त्रालयले आफ्नो सेनाले दक्षिणी युक्रेनमा इन्धन भण्डारण नष्ट गरेको जनाएको छ।