४६ दिनदेखि भूमिगत बंकरभित्र छन् जेलेन्स्की, अँध्यारोमा गर्छन् काम - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

४६ दिनदेखि भूमिगत बंकरभित्र छन् जेलेन्स्की, अँध्यारोमा गर्छन् काम



एजेन्सी- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू बत्ति निभाएर बस्ने गरेको बताएका छन् । सीबीएसको ‘६० मिनेट’ नामक कार्यक्रममा उनले भनेका छन्, “रुसी बमबारीको खतराबाट बच्नका लागि म र मेरो टोली राजधानीको किभस्थित यस स्थानमा बत्ती निभाएर अँध्यारोमा काम गर्दै आइरहेका छौँ ।”

सीबीएसको पत्रकार टोलीले जेलेन्स्कीको यस अखडामै गएर अन्तर्वार्ता लिएको हो । ४६ दिनदेखि राष्ट्रपति र उनको महत्वपूर्ण र्कमचारी टोली यही अखडामा बस्दै आएका छन् ।

सीबीएसको पत्रकार स्कट पेल्लीले गत ६ अप्रिलमा जेलेन्स्कीलाई उनको किभ कमान्ड सेन्टरमा लिएको अन्तर्वार्ता आइतबार राति प्रसारित भएको हो ।

सीबीएसले कमान्ड सेन्टर अत्याधुनिक हातहतियार र फौजले पूर्ण सुरक्षा प्रदान गरिएको ‘किल्ला’ भएको बयान गरेको छ । भिडियो फुटेजमा सेन्टरका ब्ल्याक आउट हल जानेबाटाहरू र भुँइमा बिछ्याइएका म्याट्रेसहरू देखिन्छन् । पेल्लीले युक्रेनी फौज ती म्याट्रेसमा सुत्ने गरेको बताएका छन् ।

पेल्लीले तपाईं त सुरक्षित हुनुहुन्छ नि भनेर सोधिएको प्रश्नको जवाफमा जेलेन्स्कीले जवाफ दिएका छन्, “मलाई ठिकै छ । सुरक्षा सम्बन्धमा म पूरै ढुक्क छुँ । हाम्रा गार्डहरू हवाई आक्रमणलाई लिएर चिन्तित छन् । तर हवाई आक्रमणको संकेत पाउना साथ हामी भूमिगत तल्लातर्फ अघि बढ्छौँ ।”

२४ फ्रेब्रुअरीमा रुसले आक्रमण सुरु गरेयता हवाई बमबारीबाट जोगिन युक्रेनी जनता पनि भूमिगत बंकर, सबवे–स्टेसन विद्यालयहरूका भूमिगत तल्लामा आश्रय लिँदै आएका छन् । पेल्लीको अर्को प्रश्नको जवाफमा जेलेन्सकीले यस्तो अवस्थामा काम गर्नुको अर्को कुनै विकल्प नै नभएको बताएका छन् ।