जीप दुर्घटना हुँदा १३ जनाको ज्यान गयो - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

जीप दुर्घटना हुँदा १३ जनाको ज्यान गयो



नयाँ दिल्ली । भारतका पहाडी राज्य हिमाचल प्रदेश र जम्मु-कास्मिरमा भएका दुई छुट्टा-छुट्टै सडक दुर्घटना हरूमा १७ जनाको ज्यान गएको छ ।

शनिबार विहान हिमाचल राज्यको शिमला जिल्लामा एउटा यात्रुवाहक जीप दुर्घटनाग्रस्त हुँदा १३ जनाको ज्यान गएको बताइएको छ ।

भारतीय मिडियाहरूले प्रकाशित गरेको समाचार अनुसार हिमाचल प्रदेशको कुण्डुबाट छिमेकी राज्य उत्तराखण्डको सिमावर्ती बस्ती तिउणी जाँदै गरेको उक्त जीपमा रहेका सबै १३ जनाको ज्यान गएको बताइएको छ ।

उक्त घट्नामा १० जनाको मृत्यु घटनास्थलमै र गम्भीर रूपमा घाइते भएका ३ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै जम्मु-कस्मिर राज्यको डोडा जिल्लामा पनि एउटा यात्रुवाहक वहन सडकभन्दा ३०० फीट तल खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।