जीप दुघर्टना: गाउँपालिका अध्यक्षसहित पाँचको मृत्यु - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

जीप दुघर्टना: गाउँपालिका अध्यक्षसहित पाँचको मृत्यु



काठमाडौं ।

संखुवासभाको मकालु गाउँपालिका–२ हेदङ्नामा जीप दुर्घटना हुँदा गाउँपालिका अध्यक्षसहित पाँचजनाको मृत्यु भएको छ ।

संखुवासभाको सदरमुकाम खाँदबारीबाट भोटखोलाको वरुण मेला भर्न जाने क्रममा बा ५ च १३०९ नम्बरको जीप दुर्घटना भएको हो । जीप सड्कबाट करिब ७ सय मिटर तल अरुण नदीको बगरमा खसेको छ ।

दुर्घटनामा परि स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, जिल्ला समन्वय समितिका सूचना अधिकारी सुबासचन्द्र कुइँकेल र मकालुमा बस्दै आएका हेदाङ्नाका सुरेश राईसहित पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले बताए ।

फाइल तस्बिर