अर्घाखाँचीमा जीप दुर्घटना - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

अर्घाखाँचीमा जीप दुर्घटना



अर्घाखाँची – जिल्लाको शितगंगा नगरपालिका–२ सितापुरको फलाचौर मोडमा जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।

मालारानी गाँउपालिका ६ हंशपुर काफलठुटाबाट नवलपरासी त्रिवेणीमा आफन्तको दाहसंस्कार गरि फर्कने क्रममा फलाचौर मोडमा लु १ ज २३६९ नम्बरको जीप दुर्घटना भएको थियो । घाइते सबैलाइ प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि बुटवल पठाउने तयारी भैरहेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक कमल परियारले बताए  ।

मालारानी ६ काफलठुटाका अन्दाजी ८८ वर्षका ज्ञानधर पुनको निधन पछि अन्तिम दाहसंस्कारको निम्ती नवलपरासी त्रिवेणी पुगेर फर्कंदा बिहान ४ बजे जीप दुर्घटना भएको थियो ।

फाइल तस्विर