जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु



सोलुखुम्बु । सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । नेचा सल्यानबाट ७ जना यात्रु बोकेर पतलेबजार हाट जाँदै गरेको को १ झ १८६० नम्बरको जीप सोलुको कुण्ड नगरपालिका–११, तिङ्ला र नेचा सल्यानको सीमानामा पर्ने भीरबाट शुक्रबार बिहान करिब साढे ७ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा ३ पुरूष र ३ महिलाको ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी टुप्ती शेर्पाले जानकारी दिए । उनका अनुसार शिवकुमारी यादवको मात्र पहिचान भएको छ । अन्य मृतकको पहिचान खुलेको छैन ।

एक जना ९ वर्षको बच्चालाई उद्धार गरेर उपचारको लागि सदरमुकाम ल्याइँदै छ । प्रहरी घटनास्थलमा नपुगिसकेकाले स्थानीयबासीले उद्धार जारी राखेको प्रहरीले जनाएको छ ।

घटनास्थल सदरमुकामबाट करिब १३ किलोमिटर टाढा पर्दछ । बस घटनास्थलबाट ५ सय किलोमिटर भन्दा तल खसेको सहायक प्रजिअ शेर्पाले जानकारी दिए ।

फाइल तस्विर