प्रधानमन्त्रीको घटिया प्रचार गरेको जी न्युजको टोली किन आयो नेपाल ?
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र चिनिया राजदूत होउ यान्छीलाई जोडेर अनर्गल प्रचार गर्ने भारतीय टेलिभिजन जी न्युजको टोली नेपाल आएको छ ।
आश्चर्य लादो त के छ भने प्रधानमन्त्री ओलीको गलत प्रचारको लागि घटिया तरिकाले प्रचार गरेको च्यानलको पत्रकार टोली नै ओलीको अन्तर्वार्ताका लागि नेपाल आएको छ ।
प्रधानमन्त्री ओलीको अन्तर्वार्ताको लागि भारतीय समाचार च्यानल जी न्यूजका सुधीर चौधरीलगायत तीनजना नेपाल आएका हुन् । उनीहरू शनिबार दिउँसो एअर इण्डियाको उडानबाट काठमाडौं उत्रेको बुझिएको छ ।
विमानस्थलबाट सोझै हायात होटल गएका उनीहरूले भोलि बालुवाटार पुगेर प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिने कार्यक्रम रहेको बताइएको छ ।
केहि समय अगाडी जी न्युज नेपालमा ब्याण्ड गरिएको थियो । जी न्यूज च्यानलले नेपालले नयाँ नक्सा जारी गरेपछि चिनियाँ राजदूत यान्छी र प्रधानमन्त्री ओलीलाई जोडेर आधारहीन समाचार लगातार प्रशारण गरेको थियो