हस्ताक्षर दुरुपयोग भएको भन्दै नेपाल समूहका सांसदले पठाए राष्ट्रपतिलाई पत्र - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

हस्ताक्षर दुरुपयोग भएको भन्दै नेपाल समूहका सांसदले पठाए राष्ट्रपतिलाई पत्र



काठमाडौं- नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरूले आफ्नो हस्ताक्षर सुरुपयोग भएको बताउन थालेका छन् । यस्तैमा सांसद सुरेन जयकुमार राईले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको बताएका छन्।

विपक्षी गठबन्धनले सरकारलाई समर्थन गरेको हस्ताक्षरमा आफ्नो पनि हस्ताक्षर भएको भन्दै उनले आपत्ति जानेका छन् ।

राष्ट्रपति कार्यालयलाई एक पत्र पठाउँदै राईले आफू एमालको प्रतिनिधि भएको भन्दै अर्को पार्टीको नेतालाई प्रधानमन्त्रीमा दाबी गर्न नसक्ने समेत उल्लेख गरेका छन्। शुक्रबार विपक्षी गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा अघि सार्दै १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालय बुझाएको छ। जसमा एमालेको नेपाल समूहका २७ सांसदको हस्ताक्षर रहेको बताइएको छ।

तर सांसद राईले भने आफ्नो हस्ताक्षर दुरुपयोग गरिएकाले त्यसलाई मान्यता नदिन भनेका छन्।