नेपाल समूहका सांसदहरूले स्पष्टीकरणको जवाफ नदिने - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

नेपाल समूहका सांसदहरूले स्पष्टीकरणको जवाफ नदिने



काठमाडौं– नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले केन्द्रिय कमिटी बैठकले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार केन्द्रीय कमिटी बैठक डाकेर २४ घण्टे स्पष्टीकरण सोधेका थिए । तर सांसदहरूले त्यसको जवाफ आफूहरूले नदिने बताएका छन्। सांसदहरूले सर्वोच्च अदालतले नै त्यो अधिकार आफूलाई दिएकाले ओलीलाई कारबाही गर्ने अधिकार नभएको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता नेपालसहित पार्टीका २२ सांसदलाई २४ घण्टे अल्टिमेटम दिँदै ओलीले स्पष्टीकरण सोधेका हुन्। सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको निर्णयविपरीत देउवालाई विश्वासका मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

नेपाल समुहका सांसदहरूले त्यो स्पष्टीकरण नै नौटङ्की भएको बताउँदै आफूहरूले आधिकारिक रूपमा कुनै जानकारी नपाएको समेत बताएका छन् । मिडियामा हल्ला सुनेको तर पत्र नपाएको एक सांसदले बताए । त्यस्तै सांसद मेटमणि चौधरीले पनि आफूले स्पष्टीकरण पत्र नपाएको बताएका छन् ।

अर्का एक नेताले भने स्पष्टीकरण पार्टीले नभएर ओली गुटले सोधेको कारण गुटले सोधेको स्पष्टीकरणको जवाफ कसैले नदिने बताए ।

नेताहरूले पत्र नै पाएपनि जवाफ नदिने बताएका छन् । ओली गुटको काम नै नभएकाले बैठक डाक्दै स्पष्टीकरण सोध्दै गरेको उनीहरूको आरोप छ ।