ओलीजस्तै गफाडी भए योगेश भट्टराई - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

ओलीजस्तै गफाडी भए योगेश भट्टराई



काठमाडाैं – नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पनि अध्यक्ष केपी शर्मा ओलीले जस्तै भाषण गर्न थालेका छन् । अध्यक्ष ओलीले झुट र हावादारी भाषण हानेको आरोप लागिरहेका बेला योगेशले पनि ओलीलाई माथ ख्वाउने भाषण गर्न थालेका छन् ।

बिहिबार मकवानपुर पुगेका नेता योगेशले आगामी निर्वाचनमा पनि एमाले पहिलो शक्ति बन्ने दाबी गरे । यसअघि ओलीले यस्तै भाषण गर्दा गफाडीको उपमा पाइसकेका छन् । एमाले तीन टुक्रा हुँदापनि यस्ता गफ लगाउने गरेको भन्दै सामाजिक सञ्जालमा ओलीकै शैली योगेशले अपनाएको आरोप लगाएका छन् ।

गत निर्वाचनमा मओवादी र सग्लो एमाले मिलेर लड्दा पनि ५० बढी स्थानमा १ हजार मतको अन्तरले मात्रै जितेको हेक्का राख्न भन्दै सञ्जालमा केहिले सम्झाएका छन् । एक प्रयोगकर्ताले ओलीको मन जितेर महाधिवेशनमा एउटा पदका लागि बार्गेनिङ गरेको आरोप लगाएका छन् ।

योगेशले बिहीवार मकवानपुरको मनहरीमा आयोजित एमाले गाउँकमिटीको शपथग्रहण कार्यक्रममा नेता भट्टराईले विभाजनले एमालेलाई खासै असर नगरेको उल्लेख गरे।

उनले एमालेबाट केही समूह चोइटिएर गएको बताउँदै त्यसलाई रोक्न प्रयास गर्दा पनि नसकेको बताए। पार्टी नफुटाउन गरेको अनुनय नेता माधव नेपालले नसुनेको उनको आरोप थियो ।

भट्टराईले मङ्सिर १० गतेदेखि चितवनमा हुने १०औँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताए। “देशको सबै जिल्ला र सङ्घ सङ्गठनबाट सर्वसम्मत प्रतिनिधि चयन भएका छन्, त्यसैले हामीलाई नेतृत्व पनि सर्वसम्मत चयन गर्न दबाब छ, हाम्रो अध्यक्ष पनि सोही कुरामा चिन्तित हुनुहुन्छ”, भट्टराईले भने।