'भारतका जसप्रीत बुमराह संसारकै सर्वश्रेष्ठ बलर' - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

‘भारतका जसप्रीत बुमराह संसारकै सर्वश्रेष्ठ बलर’



काठमाडौँ- क्रिकेटमा सनसनी मच्चाईरहेका भारतीय बलर जसप्रीत बुमराहलाई संसारकै सर्वोत्कृष्ट बलर भएको एक खेलाडीले बताएका छन् ।

इङ्गल्याण्डका पूर्वकप्तान समेत रहेका क्रिकेटर माइकल वनले भारतीय बलर जसप्रीत बुमराहको प्रशंसा गर्दै उनी संसारकै सर्वश्रेष्ठ बलर रहेको बताएका हुन्।

वनको यो टिप्पणी केपटाउनको न्यूल्याण्ड्समा दक्षिण अफ्रीकाविरुद्ध चलिरहेको तेस्रो टेस्टको पहिलो पारीमा आएको हो। जहाँ बुमराहले पॉंच विकेट लिएका छन्।

वनले ट्वीटमा लेखेका छन्, ‘जसप्रीत बुमराह शानदार छन्। मलाई लाग्छ सबै प्रारूपहरूमा उनी अहिले संसारकै सर्वश्रेष्ठ बलर हुन्।’